स्ववियु निर्वाचनको मिति घोषणा गर्न माग « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

स्ववियु निर्वाचनको मिति घोषणा गर्न माग


२७ मंसिर २०७९, मंगलबार


काठमाडौँ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको मिति घोषणा गर्न माग गरेको छ।

अनेरास्ववियुले शान्तिपूर्ण र मर्यादित वातावरणमा समयमै निर्वाचन गराउन माग गर्दै उपकुलपति धर्मकान्त बास्कोटालाई ज्ञापनपत्र बुझाएको हो।

अनेरास्ववियुका अध्यक्ष सुनिता बरालको टोलीले त्रिभुवन विश्वविद्यालयका पुगेर आज बुझाएको ज्ञापनपत्र लिँदै उपकुलपति बास्कोटाले स्ववियु निर्वाचन गराउने कार्यतालिका छिट्टै सार्वजनिक गर्ने प्रतिबद्धता जनाए।

उनले निर्वाचनका लागि तयार रहनसमेत आग्रह गर्दै विद्यार्थी संगठनसँगको छलफलपछि मिति तय गर्ने जानकारी गराए।

अध्यक्ष बरालले विश्वविद्यालय स्ववियुविहीन हुँदा विद्यार्थीका नाममा अराजकता चुलिँदै गएकाले निर्वाचन छिट्टै गर्नुपर्नेमा जोड दिइन्।

Tags :
प्रतिक्रिया दिनुहोस