२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सिन्धुपाल्चोकमा महिला भलिबल प्रतियोगिता सुरु

अ+ अ-

सिन्धुपाल्चोक । हेलम्बु गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा हेलम्बुको चिलाउनेघारीमा सिन्धुपाल्चोक जिल्ला अन्तर पालिका स्तरीय महिला भलिबल प्रतियोगिता सुरु भएको छ ।

प्रतियोगिताको आज गाउँपालिकाका उपाध्यक्ष अप्सरा लामिछाने र प्रमुख प्रशासकीय अधिकृत उदयराज भट्टराईले बल हस्तान्तरण गरेर संयुक्त रूपमा उद्घाटन गरे । उद्घाटन खेल हेलम्बु गाउँपालिका र मेलम्ची नगरपालिकाबीच भएको छ ।

प्रतियोगितामा हेलम्बु गाउँपालिका, मेलम्ची नगरपालिका, इन्द्रावती गाउँपालिका र चौतारा साँगाचोकगढी नगरपालिकाको सहभागिता रहेको उपाध्यक्ष लामिछानेले जानकारी दिइन् । महिलालाई खेल क्षेत्रमा अघि बढाउन पालिकाले सदैव सहयोग गर्ने उनले बताइन् । प्रतियोगितामा पहिलो हुनेले एक लाख ११ हजार एक सय ११, दोस्रोले ६५ हजार एक सय ११, तेस्रोले ३५ हजार एक सय ११ र सान्त्वनाले रु २५ हजार एक सय ११ प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिता भोलिसम्म चल्ने खेलाडी श्याम शर्मा एलसीले जानकारी दिए ।

६ सय ७५ विद्यार्थीलाई स्टेसनरी सामग्री
हेलम्बु एजुकेसन एन्ड लाइभलिहुड पार्टनरशिर्पमा (हेल्प)द्वारा सोमबार पाँच पोखरी थाङपाल गाउँपालिका–५ गुन्साका सातकन्यामती मावि र कुम्भेश्वरी आधारभूत विद्यालयका ६ सय ७५ विद्यार्थीलाई शैक्षिक, स्वास्थ्य सामग्री र टोपी सहितको झोला वितरण गरिएको छ ।

सिन्धुपाल्चोकका पूर्व जिल्ला शिक्षा अधिकारी गेहनाथ गौतम, हेल्पका अध्यक्ष जिमी लामा, वडा नं ५ का अध्यक्ष काले गोले, सातकन्यामती माविका प्रअ प्रेम तामाङ लगायतले उक्त सामग्री वितरण गर्दै उक्त सामग्रीको सदुपयोग गर्न आग्रह गरे । हेल्पले १० वर्षअघि ‘स्कुल इन अ ब्याग’ सुरु गरेको र हालसम्म २० जिल्लाका २१ हजार विद्यार्थीलाई यस्ता सामग्री वितरण गरेको अध्यक्ष लामाले बताए ।

हेल्पले जिल्लामा मेलम्ची, त्रिपुरासुन्दरी र पाँच पोखरीमा २७ जना साथी शिक्षक पनि सहयोग गरेको लामाले बताए । सातकन्यामती माविका अध्यक्ष कालिका र कुम्भेश्वरी आधारभूत विद्यालयका प्रधानाध्यापक देवी पौडेलले सहयोगप्रति आभार प्रकट गरे ।

कार्यक्रममा गौतमले स्थानीय तहले गुणस्तरीय शिक्षाका लागि धेरै काम गर्न सक्ने बताए । विद्यालय नियमित गराउन तथा स्वास्थ्य सचेतना बढाउन यी सामग्री वितरण गरिएको हेल्पले जनाएको छ ।

संस्थाले शिक्षामा शिक्षक, सामग्री सहयोग, भवन निर्माण, तालिमलगायत सहयोग गर्दै आएको छ। त्यस्तै कोरोना, बाढी, भूकम्प जस्ता प्रकोप पीडितलाई सहयोग गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस