२५ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नबिल बैङ्कले सुरु गर्‍यो ‘नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसीप’ कार्यक्रम

अ+ अ-

काठमाडौँ । नबिल बैङ्कले सामाजिक उत्तरदायित्व अन्तर्गत यस वर्षदेखि नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसीप कार्यक्रम शुरु गरेको छ।

बैङ्कले त्रिभुवन विश्व विद्यालयको सहकार्यमा सामाजिक उद्यमशीलता प्रवर्द्धन उद्देश्यले सामाजिक उत्तरदायित्व अन्तर्गत यो वर्षदेखि नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसीप कार्यक्रम सुरु गरेको हो। बैङ्कले सुरुवातमा बागमती प्रदेशबाट पहिलो सत्रको ६ महिने तालिम फेलोसिप सञ्चालन सुरु गरेको छ।

बैङ्कले उद्यमशीलतामा रुचि राख्ने भएका १८ देखि ५० वर्षसम्मका उद्यमीहरूलाई लक्षित गरेर दुई प्रकारका फेलोसिप र कोष डिजाइन गरेर सर्टिफिकेसन कोष कार्यक्रम सुरु गरिएको नबिल बैङ्कका नायव कार्यकारी निर्देशक भूपेन्द्र पाण्डेले बताए।

उनले नबिल बैङ्कले शुरु गरेको कोषमा विद्यार्थीको धेरै प्रोत्साहन गरेको पाइएको बताए। पाण्डेले विगतमा विद्यार्थीहरूले पढ्दा जागिर खानुपर्छ भनेर पढ्ने गरेकाले अब पढाई सकेर उद्यमशील बनाउन कार्यक्रमले प्रेरित गर्ने बताए। उनले अहिले २५ जनाको सहभागिता रहेको बताए। उनले बैङ्कले देशका सात वटै प्रदेशमा यो कार्यक्रम गर्न लागेको जानकारी दिए।

पाण्डेले नबिल बैङ्कले नाफामा मात्रै नभएर उद्यमशिताको विकासले देशको आर्थिक अवस्था माथि उठ्ने भएकाले सामाजिक उत्तरदायित्वका लागि काम गर्न लागेको बताए। उनले सहभागी विद्यार्थीहरूलाई नबिल बैङ्कको टेक्निकल टिम तथा फिल्डभिजिट गराएर नै तालिम दिने गरेको बताए।

बैङ्कले कमाउने नाफाको १ प्रतिशत रकम सामाजिक उत्तरदायित्व अन्तर्गत खर्च गर्नुपर्ने हुन्छ। नबिल बैङ्कले उक्त रकम विभिन्न सामाजिक क्षेत्रमा खर्च गर्दै आएको छ। यो वर्षदेखि सामाजिक उद्यमशीलता प्रवर्द्धन उद्देश्यले थप नयाँ नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसीप कार्यक्रम सञ्चालनमा ल्याएको बैङ्कले बताएको छ।

प्रतिक्रिया दिनुहोस