२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एमाले मधेस प्रदेश इन्चार्ज महासेठको कार्यशैलीको विरोध

अ+ अ-

काठमाडौँ । नेकपा एमाले मधेस प्रदेश इन्चार्ज रघुवीर महासेठले समानुपातिक तर्फ प्रदेश सभा सदस्य चयनमा एकलौटी निर्णय गरेको भन्दै बारा निर्वाचन क्षेत्र-३ को प्रदेश स्तरीय भेलाले महासेठको कार्यशैलीको चर्को विरोध गरेको छ । 

बारा-३ को निर्वाचन समीक्षासम्बन्धी आज बसेको बैठकले समानुपातिकतर्फ बाराबाट संघमा एकजना पनि सहभागी नहुनु र प्रदेशतर्फ पनि १ जना मात्रै सहभागी हुनु दुखद् भएको भन्दै  एमाले सचिव तथा मधेस प्रदेश इन्चार्जको कार्यशैलीको विरोध गरेको हो । 

आफूहरू धेरै दुखी भएको भन्दै एमाले बारा जिल्ला अध्यक्ष विनोद साहले महासेठले प्रदेशसभा सदस्य चयनमा बारा, पर्सा, रौतहटबाट १–१ जना मात्रै छनोट गरेर धनुषाबाट एकलौटी ढङ्गले ५ जना चयन गरेको एमाले बारा जिल्ला अध्यक्ष साहले जनाएका छन् । 

बाराबाट प्रतिनिधि सभा सदस्यमा अन्जु नेपाली,अमर यादव र प्रदेशसभा सदस्य तर्फ केबल चौधरी, पुलिस मियाँ,लक्ष्मी नेपाली, मञ्जु थापा र बिर्जादेवी जैशवालको नाम सिफारिस भएको थियो । जसमध्ये प्रदेशसभा सदस्यमा मञ्जु थापाको नाम मात्रै छनोट भएको छ । मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनमा नेकपा एमाले बारामा पहिलो पार्टीको रूपमा उदाएको छ । 

२०७४ को निर्वाचनमा बारा ४ ९क० मा एउटा प्रदेशसभा सदस्य मात्रै जितेको थियो तर यसपटक एमालेले २ वटा सङ्घ सहित ४ वटा प्रदेशसभा सदस्यमा निर्वाचित भएको छ । त्यसैगरी समानुपातिक तर्फ पनि बारामा एमालेले करिब ५९ हजार मत ल्याएर मधेस प्रदेश सबैभन्दा धेरै मत ल्याउने जिल्ला भएको छ । 

नेकपा एमाले बाराका एक प्रदेश कमिटी सदस्यले प्रदेशसभा सदस्यमा २ देखि ३ वटा सिट बाराले पाउनुपर्नेमा एमाले नेता महासेठले एकलौटी निर्णय गरेर सबै सिट आफ्नो जिल्लामा कब्जा गरेको आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस