१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चुनावको बेला रोकिएको ‘श्रमिकसँग श्रम मन्त्री’ कार्यक्रम पुनः सुरु

अ+ अ-

काठमाडौँ । चुनावका कारण केही समय रोकिएको ‘श्रमिकसँग श्रम मन्त्र’ कार्यक्रम पुनः सुरु भएको छ । हालै सम्पन्न प्रतिनिधि र प्रदेश सभा चुनावका कारण स्थगित गरिएको कार्यक्रम आजबाट पुनः सुरु गरिएको हो ।

आज बिहान ११ बजेदेखि १२ बजेसम्म श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको कल सेन्टरमा सञ्चालन भएको “श्रमिकसँग श्रम मन्त्री” कार्यक्रममा श्रम मन्त्री शेरबहादुर कुँवरलाई देश विदेशबाट १० जना श्रमिकहरूले फोनमार्फत प्रत्यक्ष आफ्ना गुनासा, समस्या र सुझाव राखेका छन् । 

मन्त्रीसँग श्रमिकहरूले वैदेशिक रोजगारीमा ठगिएका सबैभन्दा बढी गुनासा र समस्याहरू राखेका छन् । मन्त्री कुँवरसँग श्रमिकहरूले सम्झौता अनुसार विदेशमा आफूले तलब सुविधा नपाएको, विदेश पठाउँछु भनेर ७ लाख ५० हजार रुपैयाँसम्म पैसा लिएको गुनासा सुनाएका थिए ।

यस्तै दुबई, मलेसिया, साउदी लगायतका देशमा रोजगारीका लागि जाँदा ठगिएको गुनासाहरू बढी आएका छन् । एकजना श्रमिकले सुर्खेतबाट फोन गर्दै आफूलाई क्यानडा पठाइदिने भन्दै करिब ६ लाख रुपैयाँ ठगेको गुनासो पनि सुनाए ।

दशजना श्रमिककै गुनासा र समस्याहरू सुनेपछि जवाफमा मन्त्री कुँवरले वैदेशिक रोजगारीका लागि विदेश जानुपूर्व जान लागेको देश, आफूले गर्ने काम, पाउने सेवा सुविधा, पठाउने म्यानपावर वा व्यक्तिका बारेमा राम्ररी बुझ्ने, जानकारी लिने अनि कसैलाई पैसा तिरेको भए त्यसको प्रमाण राख्ने लगायतका कुरामा ध्यान दिनुपर्नेमा जोड दिए ।

साथै मन्त्री कुँवरले श्रमिकका तत्काल समाधान हुने गुनासा र समस्याहरूबारे सम्बन्धित निकायबाट समाधान खोजिने आश्वासन पनि दिए । साथै कार्यक्रममै मन्त्री कुँवरले श्रमिकका समस्या र सवालबारे तत्कालै बुझेर समाधानका लागि वैदेशिक रोजगार विभाग र बोर्डका सम्बन्धित व्यक्तिलाई अनुरोध समेत गरेका छन् । 

प्रतिक्रिया दिनुहोस