२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

माओवादीले पहिचान गुमाउँदै छ, अब डिजिटल आर्मी तयार गर्नुपर्छ : प्रचण्ड

अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पछिल्लो समय नेकपा माओवादी केन्द्रले आफ्नो पहिचान गुमाउँदै गएको टिप्पणी गरेका छन् । 

उनले पार्टीको अलग पहिचान बनाउनतिर जोड दिनुपर्ने खाँचो औँल्याए । प्रेस सेन्टर नेपालको केन्द्रीय पदाधिकारी बैठकलाई सम्बोधन गर्दै उनले पार्टीको रणनीति, कार्यशैली र पार्टीमा बस्नेहरूको आचरण-व्यवहार यस्तो हुनुपर्छ भनेर ठोस रूपमा विकसित गर्न नसकेको प्रस्ट पारे ।

‘माओवादी आन्दोलन अहिले आइडेन्टिटी क्राइसिसमा पर्न थालेको छ,’ उनले भने, ‘हिजो जसरी माओवादी भनेपछि टाढैबाट चिनिन्थ्यो, हाम्रो कपडा, हामीले खाने खाना, हाम्रा नीतिले छर्लङ्गै देखिन्थ्यो यो माओवादी हो भनेर ।’

जनतासँग घुलमिल हुने, सरल जीवन, कठोर मेहनत गर्ने, आफ्नो पार्टी, नेतालाई माया गर्ने त्यो आइडेन्टीटी हराउँदै अहिले आएर सबै दल उस्तै रहेछन् भन्ने सन्देश प्रवाह भएको उनको भनाइ थियो ।

‘जनताले हेर्दा सबै उस्तै जस्तो भयो । सबैको बोली, व्यवहार उस्तै,’ उनले भने । आफ्नो पहिचान सुस्पष्ट गर्ने र एउटा परिधिमा रहेकामात्र यो सङ्गठनमा बस्न पाउने व्यवस्था बनाउनुपर्ने उनले बताए । उनले प्रेस सेन्टरका पदाधिकारीलाई युनिक आइडेन्टीटी बनाउनेतिर छलफल, अध्ययन, चिन्तन गर्न पनि सुझाव दिए ।

मिडियामा आक्रामक ढङ्गले प्रस्तुत नहुने हो भने जनताले विकासका कुरालाई मात्र महत्त्व नदिने उनको भनाइ थियो । ‘नयाँ पुस्तालाई जनयुद्धबारे केही थाहा छैन । प्रशिक्षित गर्न सकेका छैनौँ,’ उनले भने, ‘डिजिटल युगमा छौँ, अहिलेका युवाहरूको स्कुलिङ इन्टरनेटबाट हुन्छ । सोसल मिडियामा हाम्रो हस्तक्षेप व्यवस्थित भएन भने हामी प्रतिक्रियावादीलाई काउन्टर दिन सक्दैनौँ ।’

उनले सोसल मिडियाका लागि डिजिटल आर्मी तयार गर्नुपर्ने खाँचो पनि औँल्याए । एक्सपर्टका साथसाथै सोसल मिडियामा विशाल फौज चाहिने उल्लेख गर्दै उनले माओवादी केन्द्रसँग भएको जनमत, कार्यकर्ता पङ्क्तिलाई यसमा प्रयोग गर्न सकिने बताए ।

प्रतिक्रिया दिनुहोस