ब्राजिलका मुख्य प्रशिक्षक टिटेद्वारा राजीनामा « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

ब्राजिलका मुख्य प्रशिक्षक टिटेद्वारा राजीनामा


२४ मंसिर २०७९, शनिबार


काठमाडौँ । ब्राजिलको राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक टिटेले पद छाडेका छन् ।

ब्राजिल कतार विश्वकपको क्वाटरफाइनलबाट बाहिरिएपछि मुख्य प्रशिक्षक टिटेले राजीनामा दिएका हुन् ।

शुक्रबार राति ब्राजिललाई क्रोएसियाले पेनाल्टी सुटआउटमा ४-२ ले हराएको थियो । ६१ वर्षीय प्रशिक्षक २०१६ मा ब्राजिलको मुख्य प्रशिक्षक नियुक्त भएका थिए ।

डुंगाले छाडेपछि उनी ब्राजिलको मुख्य प्रशिक्षक नियुक्त भएका थिए । टिटेको नेतृत्वमा ब्राजिलले २०१९ मा कोपा अमेरिका जितेको थियो ।

उनको नेतृत्वमा ब्राजिलले ८१ खेल खेल्दा ६० खेल जितेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस