पुनः मतगणनाको माग गर्दै यामलाल कँडेलविरुद्ध सर्वोच्चमा रिट दर्ता  « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

पुनः मतगणनाको माग गर्दै यामलाल कँडेलविरुद्ध सर्वोच्चमा रिट दर्ता 


२३ मंसिर २०७९, शुक्रबार


काठमाडौँ । सुर्खेत २ (१)  मा कांग्रेसबाट प्रदेशसभा सदस्य उम्मेदवार रहेका कालीप्रसाद शाक्यले पुनः मतगणनाको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका छन् । उनी शुक्रबार रिट बोकेर सर्वोच्च पुगेका हुन् । 

मुख्य निर्वाचन अधिकृतको कार्यालय र यामलाल कँडेललगायतलाई विपक्षी बनाएर दर्ता गरिएको रिटमा मतगणनामा गडबडी गरिएको दाबी गर्दै दोहोर्‍याई मत गणना गर्ने व्यवस्था मिलाइदिन माग गरिएको छ । 

सुर्खेत २९१० बाट एमालेका प्रदेश इन्चार्ज कँडेल विजयी भएका थिए। १८,५६१ मतका साथ कँडेल विजयी हुँदा शाक्यले १८,४०० मत पाएका थिए । सो क्षेत्रमा १० उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहँदा शाक्यले भने मतगणनामा चित्त नबुझाउँदै अदालतको ढोका ढकढक्याएका हुन् । 

Tags :
प्रतिक्रिया दिनुहोस