२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राप्रपामा समानुपातिकतर्फ कसलाई सांसद बनाउने भन्ने विवाद

अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीको समानुपातिकबाट प्रतिनिधि सभामा दोस्रो पुरुष कसलाई पठाउने भन्नेमा विवाद भएको छ ।

प्रत्यक्षमा ७ सिट जितेको राप्रपाले समानुपातिकमा पनि ७ सिट नै पाएको छ । समानुपातिकको ७ मध्ये उसले ५ जना महिला र दुई जना पुरुष पठाउनु पर्ने छ ।

समानुपातिकतर्फ खस् आर्यको पहिलो नम्बरमा रहेका पशुपति शमशेर राणालाई सांसद बनाउने विषयमा कुनै विवाद नभए पनि दोस्रो पुरुषका बारेमा विवाद भएको राप्रपा निकट श्रोतले जनाएको छ ।

आदिवासी जनजातिको पहिलो नम्बरमा रहेका बुद्धिमान तामाङ, मधेसीको पहिलो नम्बरमा रहेका प्रल्हाद साह र खस आर्यतर्फ दोस्रो नम्बरमा रहेका प्रकाशचन्द्र लोहनी मध्ये एक जना छान्न राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई समस्या परेको छ ।

पुरुषतर्फ सांसद हुनेको नाम नटुंगिएकाले ५ जना महिलातर्फ पनि कसलाई पठाउने भन्ने टुङ्गो लागेको छैन ।

लोहनीलाई लैजाँदा महिला खस आर्यको पहिलो नम्बरमा रहेकी रोशन कार्की सांसद हुन पाउँदिनन् ।

यस्तै तामाङलाई लगेमा आदिवासी महिलातर्फ पहिलो नम्बरमा रहेकी बिना लामाको नाम काटिने छ । रुबीभ्यालीकी पूर्वउपाध्यक्ष रहेकी लामा क्रिस्चियन भएकाले हिन्दु राष्ट्रको वकालत गर्ने पार्टीले उनलाई पठाउन हुन्न भन्ने मत राप्रपाभित्र रहेको श्रोतको भनाइ छ ।

समानुपातिकमा मधेसबाट राम्रो मत आएकोले साहलाई लैजाने दबाब पनि अध्यक्ष लिङदेनमाथि छ ।

बागमती प्रदेशको समानुपातिकमा पनि विवाद रहेको श्रोतले जनाएको छ । राप्रपाले बागमती प्रदेशमा १ जना पुरुषलाई पठाउन पाउँछ । जसमा महामन्त्री भुवन पाठक र नेता दिलविकास राजभण्डारी मध्ये कसलाई पठाउने भन्ने विवाद रहेको हो ।

पार्टीले प्रतिनिधि सभामा पठाउने समानुपातिक सांसदको नाम तय गर्न भोलि शनिबार कार्य सम्पादन समितिको बैठक समेत बोलाएको छ ।

प्रतिक्रिया दिनुहोस