सुनको मूल्य बढ्यो, आज तोलाको कति ? « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

सुनको मूल्य बढ्यो, आज तोलाको कति ?


२३ मंसिर २०७९, शुक्रबार


काठमाडौँ । नेपाली बजारमा सुनचाँदीको मूल्य एक लाख नाघेको छ।

शुक्रबार छापावाला सुनको मूल्य प्रति तोला ६ सयले बढेर १ लाख ३ सय रुपैयाँ कायम भएको छ।

हिजो प्रति तोला ९९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज ६ सयले बढेर प्रति तोला १ लाख ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

त्यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला रु ९९ हजार ८ सय रुपैयाँ कायम भएको छ।

त्यस्तैगरी चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय ९० रुपैयाँ कारोबार भइरहेको छ। चाँदीको मूल्य प्रति तोला ३० रुपैयाँले बढेको हो।

Tags :
प्रतिक्रिया दिनुहोस