ललितपुरमा झुन्डिएको अवस्थामा फेला परेकी किशोरीको मृत्यु « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

ललितपुरमा झुन्डिएको अवस्थामा फेला परेकी किशोरीको मृत्यु


२२ मंसिर २०७९, बिहिबार


काठमाडौँ । ललितपुरमा झुन्डिएको अवस्थामा फेला परेकी किशोरीको उपचारको क्रममा मृत्यु भएको छ।

सप्तरी सुरूंगा घर भई सानेपा बस्दै आएकी १६ वर्षीया सदीक्षा चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सूर्य विक्रम शाहीले जानकारी दिए।

उनका अनुसार चौधरी आफ्नै घरमा झुन्डिएको अवस्थामा फेला परेकी थिइन्। पाटन अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको एसपी शाहीले बताए।

उनका अनुसार चौधरी केही समयअघि मात्रै स(परिवार घर गएकी थिइन्। त्यसपछि मंसिर छ गते काठमाडौँ फर्किएर बुधबार कलेज पनि गएकी थिइन्।

लामो समयपछि उनी कलेज गएकी र कलेजमा अनुशासन विभागका प्रमुखले केही साधेको अनुसन्धानबाट खुलेको छ । सो क्रममा उनलाई कलेजले निष्कासन समेत गरेको देखिएको छ । 

कलेजले ती शिक्षकलाई निलम्बन गरेको समेत उनले बताए। चौधरीको शव पोस्टमार्टमका लागि पाटन अस्पतालमा राखिएको छ।

प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस