२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पार्टी पुनर्गठनको मागसहित माओवादीका युवा नेता छलफलमा

अ+ अ-

काठमाडौँ । पार्टी कमजोर बनेको भन्दै नेकपा माओवादी केन्द्रका युवा नेताहरुले छलफल थालेका छन् ।

पछिल्लो चुनावी परिणामले आफूहरू चिन्तित भएर पार्टी रूपान्तर र पुनर्गठनका लागि जुटेको उनीहरूले बताएका छन् ।

माओवादी केन्द्रका युवा केन्द्रीय सदस्यहरू लेखनाथ न्यौपाने, हिमाल शर्मा, रामप्रसाद सापकोटा ‘दीपशिखा’, रामदीप आचार्य, डिपी ढकाल, रञ्जित तामाङ लगायतको पहलमा छलफल सुरु भएको हो ।

बिहीबार भृकुटी मण्डपस्थित रत्नराज्य क्याम्पसमा औपचारिक छलफलमा जुट्नुअघि उनीहरू अनौपचारिक छलफलमा समेत बसेका थिए ।

छलफलमा सहभागी वाईसीएल इन्चार्ज समेत रहेका दीपशिखाले पार्टीको जनवर्गीय सङ्गठनका प्रतिनिधिहरूको सुझाव लिने काम भएको बताए ।

छलफलमा जनवर्गीय संगठनकातर्फबाट जनसांस्कृतिक महासङ्घका अध्यक्ष मातृका पोखरेल, वाईसीएल उपाध्यक्ष सकम गुरुङ, दलित मुक्तिमोर्चाका अध्यक्ष र किसान महासङ्घका महासचिव सहभागी थिए ।

अर्का केन्द्रीय सदस्य हिमाल शर्माले जनवर्गीय सङ्गठनका प्रतिनिधिहरूको सुझाव लिएको बताए । 

माओवादी पार्टी अरू पार्टी भन्दा भिन्न किन भएन भन्ने चिन्ताले आफूहरू छलफलमा जुटेको उनले बताए ।

वाम बुद्धिजीवी, पत्रकार र राजनीति शास्त्र अध्ययन गरिरहेका विद्यार्थीबाट पनि उनीहरूले सुझाव लिने बताएका छन् ।

छलफलको पहल लिइरहेका अधिकांश युवा केन्द्रीय सदस्यहरूले माओवादी सरकारमा जान नहुने र प्रतिपक्षमा बसेर पार्टी निर्माणमा लाग्नुपर्ने धारणा राख्ने गरेका छन् ।

माओवादीले अघिल्लो वर्षको पुसमा आठौँ महाधिवेशन गरेको थियो । उक्त महाधिवेशनबाटै एक वर्षपछि विशेष महाधिवेशन गर्ने घोषणा गरिएको थियो । पार्टीलाई कसरी रूपान्तरण गर्ने भन्नेबारेमा विशेष महाधिवेशन बोलाएर छलफल गनुपर्ने धारणा समेत उनीहरूको छ ।

प्रतिक्रिया दिनुहोस