२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रदेशको अधिकारको बारेमा बहस र छलफल गरौँ : दुर्लभ थापा

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सांसद दुर्लभ थापाले नयाँ सरकार गठन गर्न ठूला दलहरू मिलेर अघि बढ्नुपर्ने बताएका छन्।

भक्तपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद थापाले ठूला दलहरूले नयाँ सरकार गठनबारे एक ठाउँमा उभिएर बहस गर्नुपर्ने बताएका छन्। बुधबार भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले संविधानमाथि खेलबाड गर्ने काम हुन नदिन आफू लागिपर्ने प्रतिबद्धता समेत व्यक्त गरे।

संविधानमा संशोधन गर्नुपर्ने विषय भए त्यसलाई दलीय सहमतिको आधारमा अघि बढाउनुपर्ने तर संविधानमाथि खेलबाड गर्ने काम भने कसैले पनि गर्न नहुने सांसद थापाको भनाइ थियो।

सांसद थापाले ठूला राजनीतिक दलहरूले संविधानमाथि नै खेलबाड गर्ने गल्ती गरेकाले जनताले उनीहरूको विकल्पको खोजी गर्न पुगेको जिकिर समेत गरे। उनले जनादेश विपरीतका गतिविधि नगर्न पनि दलहरू सचेत हुनुपर्ने आवश्यकता औँल्याए।

सांसद थापाले भने, ‘हामीले गल्ती गरेकाले जनताले दलहरूको विकल्प खोजेका हुन्। जनताले दिएको म्यान्डेटअनुसार अघि बढौँ। सरकार, प्रदेशको अधिकारको बारेमा बहस र छलफल गरौँ। संविधान, देशको मूल कानुनमाथि नै खेलबाड नगर्ने प्रतिबद्धता जाहेर गर्नुपर्छ जस्तो मलाई लाग्छ।’

त्यस अवसरमा काँग्रेस सांसद थापाले सबै राजनीतिक दलहरूसँग छलफल गरेर भक्तपुरको समग्र विकासमा आफू लागिपर्ने योजना समेत सार्वजनिक गरे। उनले भक्तपुरलाई शैक्षिक केन्द्रको रूपमा विकास गर्न ख्वप विश्वविद्यालय स्थापना गर्ने कामलाई आफूले प्राथमिकताका साथ अघि बढाउने दृढता समेत व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस