२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आलु बजारीकरणको जिम्मेवारी लिँदै ‘रामपुर नगरपालिका’

अ+ अ-

पाल्पा । रामपुर नगरपालिका–६ की सीता देवकोटालाई खेतमा आलु खन्ने बेला भएपछि कसरी बिक्री गर्ने भन्ने चिन्ताले निकै पिरोल्थ्यो । उनले हरेक वर्ष करिब १० क्विन्टल आलु उत्पादन गर्छिन् ।

सबैका घर–घरमा एकै पटक आलु उत्पादन हुने समय एकै हुँदा बजारमा उनलाई झट्ट बिक्री गर्न समस्या हुन्थ्यो । कहिलेकाहीँ त घरमा भण्डारण गरेर राखिएको आलु टुसा उम्रने बेलासम्म नबिकेर त्यत्तिकै कुहाउनु पनि पर्थ्यो । अहिले भने रामपुर नगरपालिकाले किसानले उत्पादन गरेको खायन आलु बजारीकरणको प्रबन्धका गरिदिने भएपछि उत्साहित हुँदै आलु खेतीमा लागेकी छिन्।

‘खेतमा आलु खन्ने बेला भएपछि कहाँ लगेर कसरी बेचौँ भन्ने समस्याले सधैँ सताउँथ्यो, धेरै पटक घरमै उम्रेर, कुहेर फाल्नुपरेको छ’, उनले भने, ‘अहिले नगरपालिकाले बजारीकरणलाई सहज बनाउँदै बीउमा अनुदान दिएको छ, बजारीकरणको पिरलो नहुने भएपछि ढुक्कले खेतमा आलु लगाइएको छ ।’

उनले यस वर्ष करिब दुई क्विन्टल आलु लगाएकी छिन् । उत्पादित आलुको बजारीकरण व्यवस्थापनको जिम्मेवारी नगरपालिकाले लिएपछि ढुक्कले आलु खेती लगाइएको उनले बताइन् । रामपुर–७ बस्ने अगुवा आलु उत्पादक किसान यमकान्ती गौतमले यस क्षेत्रमा धेरै आलु उत्पादन गर्दै आएकी छिन् । बर्सेनि गौतमले करिब एक सय क्विन्टल बीउ तथा खायन आलु उत्पादन गर्छिन् । धेरै आलु उत्पादन गर्ने उहाँलाई हरेक वर्ष बजारकै समस्या खर्किन्छ । उनले पाँच–सात वर्षदेखि व्यावसायिक रूपमा आलु खेती गरिरहेकी छिन् ।

‘धेरै आलु उत्पादन भएपछि घरमा भण्डारण गरेर राख्ने ठाउँको अभाव, बजारमा झट्ट बेच्नै गाह्रो, समयमा नै रामपुरमा आलु नबिकेर बाहिरका विभिन्न बजारमा कम मूल्यमा पठाइयो, बजारीकरणको राम्रो प्रबन्ध नहुँदा कहिलेकाहीँ लगानी नउठ्ने गरी बेच्नुपर्थ्यो, अब यस्तो समस्या भोग्न नपर्ने भएपछि किसानलाई धेरै सजिलो हुने भयो’, उनले भनिन्।

किसान गौतमले नगरपालिकाको अनुदान सहयोगमा छ रोपनी जग्गामा करिब साढे छ क्विन्टल खायन आलु लगाएका छन् । बजार सहज भएमा आलु उत्पादनलाई अझै बढाउँदै जाने उनी बताउछन् । खायन आलु उत्पादन कार्यक्रमअन्तर्गत यस आर्थिक वर्षमा रु १५ लाख ५० हजार बराबरको रकम किसानलाई अनुदान दिइएको रामपुर नगरपालिका कृषि शाखा प्रमुख रामहरि पाण्डेयले बताए।

‘आलुको उत्पादन वृद्धि गरी आयस्रोत बढाउने, बाहिरबाट आयातित आलुलाई घटाउने, रोजगार सिर्जना गर्न नगरले किसानको मागको आधारमा आलु उत्पादन तथा प्रवर्धन कार्यक्रम सुरु गरिएको छ’, शाखा प्रमुख पाण्डेयले भने ।

उनका अनुसार यस कार्यक्रममा करिब तीन सय किसान आबद्ध छन् । साढे तीन सय क्विन्टल खायन आलुको बीउमा ५० प्रतिशत किसानलाई अनुदान रकम उपलब्ध गराउने कार्यक्रमअनुसार किसान आफैँले बीउ खरिद गरेर लगाएका छन् ।

फस्ट च्वाइस फुड प्राइभेट लिमिटेड कम्पनी बुटवल बेलबासको सहकार्यमा रामपुर नगरपालिकाले खायन आलु उत्पादन कार्यक्रम सुरु गरेको छ । रामपुरमा उत्पादन भएको आलु सो कम्पनीले खरिद गरेर लैजाने सम्झौता भएपछि किसानले उत्साहित हुँदै आलु खेती लगाएका छन् । कार्डिनल, खुमल उज्ज्वल, खुमल रातो, जनकदेव, टिपिएस् जातका बीउ खरिद गरेर खेती गरेको किसानले बताएका छन् ।

किसानलाई आलु उत्पादनमा उप्रेरित गराउन अनुदान उपलब्ध गराउनुका साथै अन्यत्र बजारीकरणको प्रबन्ध र भण्डारण गर्न चाहेमा रामपुरमै शीत भण्डारको व्यवस्था गरिएको रामपुर नगरपालिका प्रमुख रमणहादुर थापाले बताए।

हराभरा महिला कृषि सहकारी, दियालो सामाजिक महिला उद्यमी कृषि सहकारी, कँडेलबारी कृषक समूह, तालपोखरा कृषक समूह, आत्मनिर्भर कृषक समूह, जनजागृति कृषक समूह, सात बिसे सेरा कृषक समूह, माझ टोल कृषक समूह, नदी किनार कृषक समूह, शुभ प्रभात महिला कृषक समूहले रामपुर नगरपालिकाको अनुदान सहयोगमा खायन आलु खेती गरेका छन् ।

यस वर्ष झण्डै तीन सय क्विन्टल आलुको बीउ किसानलाई अनुदानमा उपलब्ध गराइएको छ । खायन आलु उत्पादन कार्यक्रमअन्तर्गत नगरपालिकाभित्र करिब चार सय रोपनी क्षेत्रफलमा आलु खेती गरिएको छ । रामपुरमा करिब दुई हजार पाँच सय हेक्टर क्षेत्रफलमा आलु खेती गरिँदै आइएको छ । पछिल्ला वर्षमा रामपुरमा पालिकाले बीउमा अनुदान दिन थालेपछि आलु खेतीमा किसानको ह्वात्तै आकर्षण बढेको छ । छोटो समयमा खेती लगाएर धेरै उत्पादन गर्न पाइने आशामा धेरैले हिउँदयाममा व्यावसायिक आलु उत्पादनलाई जोड दिन थालेका छन् ।

रामपुर क्षेत्रमा आलुको उत्पादन राम्रो हुन थालेपछि आयस्रोतको एउटा दरिलो माध्यम बनेको छ । रामपुरबाट बिक्रीका लागि अहिले तानसेन, पोखरा, बुटवल, नारायणघाट, काठमाडौँसम्म सडक सञ्जाल जोडिएपछि सवारीसाधनमा पठाउन सजिलो भएको छ ।

प्रतिक्रिया दिनुहोस