२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आयोगद्वारा समानुपातिकतर्फको सिट बाँडफाँट

अ+ अ-

काठमाडौँ । निर्वाचन आयोगले समानुपातिकतर्फको सिट बाँडफाँट गरेको छ। समानुपातिकतर्फको मतगणना सकिएसँगै आयोगले मङ्गलवार दलहरूले समानुपातिकबाट पाउने सांसद संख्या टुङ्गो लगाएको हो।

आयोगका अनुसार प्रतिनिधिसभामा समानुपातिकतर्फ नेकपा एमालेले ३४, नेपाली काँग्रेसले ३२, नेकपा माओवादी केन्द्रले १४, राष्ट्रिय स्वतन्त्र पार्टीले १३, राष्ट्रिय प्रजातन्त्र पार्टीले ७ तथा जनता समाजवादी पार्टी र जनमत पार्टीले ५-५ सिट पाएका छन्।

प्रतिनिधिसभाको प्रत्यक्षतर्फको भने यसअघि नै मतपरिणाम सार्वजनिक भइसकेको छ। प्रत्यक्षतर्फ काँग्रेसले ५७, एमालेले ४४, माओवादी केन्द्रले १८, एकीकृत समाजवादीले १०, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टीले समान ७ सिट जितेका छन्।

यस्तै लोकतान्त्रिक समाजवादीपार्टीले ४, नागरिक उन्मुक्ति पार्टीले ३ तथा राष्ट्रिय जनमोर्चा, नेपाल मजदूर किसान पार्टी र जनमत पार्टीले समान एक निर्वाचन क्षेत्रमा जित हात पार्दा पाँच निर्वाचन क्षेत्रमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन्।

प्रत्यक्षतर्फ १० सिट जिते पनि ३ प्रतिशत थ्रेसहोल्ड कटाउन नसक्दा नेकपा एकीकृत समाजवादी भने समानुपातिकको सिट बाँडफाँटमा पर्न सकेन।

प्रत्यक्ष र समानुपातिक गरी प्रतिनिधिसभामा नेपाली काँग्रेस पहिलो दल बन्न सफल भएको छ। संसदमा उसको सांसद संख्या ८९ पुगेको छ। दोस्रो स्थानमा रहेको एमाले  ७८ सिटसहित दोस्रो दल बन्दा माओवादी ३२ सिट सहित तेस्रो दल बनेको छ।

पहिलो पटक चुनावमा होमिएको राष्ट्रिय स्वतन्त्र पार्टी २० सिटसहित चौथो ठूला दल बन्न सफल भएको छ।

यस्तै प्रदेशसभाको समानुपातिकतर्फ प्रदेश १ मा एमालेले १५, काँग्रेसले १२, राप्रपाले ४, माओवादीले ४, एकीकृत समाजवादीले १ र जसपाले १ सिट पाएको छ।

प्रदेश २ मा एमालेले ८, काँग्रेसले ९, राप्रपाले १, माओवादीले ४, एकीकृत समाजवादीले ३, जसपाले ७, जनमतले ७, लोसपाले २, नेपाल संघीय समाजवादीले १ र नागरिक उन्मुक्ति पार्टीले १ सिट पाएको छ।

यस्तै बागमती प्रदेशमा एमालेले १४, काँग्रेसले १२, राप्रपाले ६, माओवादीले ७, नेमकिपाले २, एकीकृत समाजवादीले २ र हाम्रो नेपाली पार्टीले १ सिट जितेको छ।

गण्डकी प्रदेशमा एमालेले १०, काँग्रेसले ९, राप्रपाले २, माओवादीले ३ सिट पाएको छ भने लुम्बिनीमा एमालेले ११, काँग्रेसले १०, राप्रपाले २, माओवादीले ४, एकीकृत समाजवादीले १, जसपाले १, जनमतले २, लोसपाले १, नागरिक उन्मुक्तिले २ र राष्ट्रिय  जनमोर्चाले १ सिट पाएको छ।

यसैगरी समानुपातिकतर्फ कर्णाली प्रदेशसभामा एमालेले ५, काँग्रेसले ५, राप्रपाले १, माओवादीले ४ र एकीकृत समाजवादीले १ सिट पाउँदा सुदूरपश्चिममा एमालेले ७, काँग्रेसले  ६, राप्रपाले १, माओवादीले ३, एकीकृत समाजवादीले १ र नागरिक उन्मुक्ति पार्टीले ३ सिट पाएको छ।

प्रतिक्रिया दिनुहोस