युक्रेनमा मिसाइल आक्रमणबाट दुई जनाको मृत्यु « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

युक्रेनमा मिसाइल आक्रमणबाट दुई जनाको मृत्यु


२० मंसिर २०७९, मंगलबार


एजेन्सी । युक्रेनमा मिसाइल आक्रमणबाट २ जनाको मृत्यु भएको छ । उक्त मिसाइल आक्मण रुसले गरेको युक्रेनी अधिकारीहरुले बताएका छन् ।

मिसाइल आक्रमणबाट दक्षिणी जापोरिजिया क्षेत्रमा कम्तिमा दुई जनाको मृत्यु भएको हो । साथै मिसाइलबाट युक्रेनका ऊर्जा क्षेत्रमा क्षति हुँदा धेरै क्षेत्रमा बिजुली आपूर्ति बन्द भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।

आक्रमणपछि सार्वजनिक भएका केही तस्वीरहरुमा जाडोबाट जोगिन न्याना कपडा लगाएका मानिसहरु भूमिगत रेल स्टेशनहरुमा शरण लिएर बसेको देखिन्छ । यतिबेला त्यहाँको तापक्रम माइनस ५ डिग्री सेल्सियस छ ।

युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले एयर डिफेन्स फोर्सले केही रुसी मिसाइललाई असफल पारेको बताएका छन् । साथै उनले बिजुली आपूर्ति सुरु गराउने काम भइरहेको जानकारी पनि दिएका छन् ।

रुसको मिलिट्री एयरफिल्डमा अज्ञात पक्षबाट विष्फोट गराइएपछि युक्रेनमाथि मिसाइल आक्रमण भएको हो । यद्यपि यो आक्रमणको जिम्मा कसैले पनि लिएको छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस