काठमाडौँ । चिकित्सा शिक्षा आयोगबाट अनुमति नलिई केही शिक्षण संस्थाले भर्ना आह्वान गरेको पाइएको छ ।
आयोगले आइतबार एक विज्ञप्ति जारी गर्दै अनुमति प्राप्त नगरी केही शिक्षण संस्थाले विभिन्न विधाहरूमा भर्ना आह्वान गरेकोप्रति ध्यानाकर्षण भएको जनाएको छ ।
भक्तपुरको सूर्य विनायक नगरपालिका–५ घलाटेमा सञ्चालित सुवल इन्टरनेसनल कलेजले एमबीबीएस लगायत स्नातक तहका कार्यक्रमहरू सञ्चालनका लागि भर्नाको लागि सूचना जारी गरेको र उक्त कलेजले चिकित्सा शिक्षा आयोगको स्वीकृति नलिएको आयोगले जनाएको छ ।
हेर्नुहोस् आयोगको विज्ञप्ति:
