आज मतदान भएको दोलखामा राति ९ बजेदेखि मतगणना हुने  « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

आज मतदान भएको दोलखामा राति ९ बजेदेखि मतगणना हुने 


१५ मंसिर २०७९, बिहिबार


काठमाडौँ । दोलखामा प्रतिनिधिसभा सदस्यका लागि आज राति ९ बजेबाट मतगणना सुरु हुने भएको छ । 

मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठका अनुसार सर्वदलीय बैठक बसेर ९ बजेदेखि प्रतिनिधिसभा सदस्यको मतगणना सुरु हुने र भोलिदेखि प्रदेशसभा सदस्यको पनि मतगणना गर्न सुरु गर्ने जानकारी दिए । 

दोलखामा प्रतिनिधिसभा सदस्यका लागि वाम-लोकतान्त्रिकबाट नेकपा (माओवादी केन्द्र)का गङ्गा कार्की, नेकपा ९एमाले०बाट बालकृष्ण सिवाकोटीबिच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । 

दोलखाको १० मतदान केन्द्रमा आज पुनः मतदान भएको थियो । शान्तिपूर्णरूपमा मतदान भएको र ५० प्रतिशत मत खसेको मतदान अधिकृत श्रेष्ठले जानकारी दिए । उक्त जिल्लाको बाँकी स्थानमा यही मङ्सिर ४ गते मतदान सम्पन्न भएको थियो । 

प्रतिनिधिसभामा एक निर्वाचन क्षेत्र रहेको दोलखामा जम्मा ९४ मतदानस्थल र १९५ मतदान केन्द्र रहेका थिए । कूल एक लाख ६१ हजार ४५० मतदाता रहेको यस क्षेत्रमा १४ राजनीतिक दल र सात स्वतन्त्र गरी २१ उम्मेदवार रहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस