लमही नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डाँगीको सरुवा गर्ने सहमति « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

लमही नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डाँगीको सरुवा गर्ने सहमति


१५ मंसिर २०७९, बिहिबार


काठमाडौँ ।  लमही नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्रबहादुर डाँगीलाई सरुवा गरिने भएको छ।

आन्दोलनरत पक्ष र नगरपालिकाकाबीच बिहीबार बेलुका भएको छलफलपछि अधिकृत डाँगीलाई सरुवा गर्ने सहमति भएको नगर उपप्रमुख लक्ष्मी योगीले प्रशासनलाई बताइन् । 

उनले भनिन्, ‘काम छोडेर असन्तुष्ट कर्मचारीको समूह आन्दोलनमा छ, नगरपालिकाको काम काज रोक्नु भन्दा अधिकृत ज्युलाई सरुवा गर्ने निर्णय भएको छ ।’

वडा अध्यक्षसहित कार्यपालिका सदस्य र आन्दोलनरत कर्मचारीले अधिकृत डाँगीको सरुवाको माग राख्दै बिहीबार लमही नगर विकास समितिको कार्यालय घेराउसँगै कार्यकक्षमा तोडफोडसमेत गरेको उपप्रमुख योगीले बताइन् । 

गत आइतबारदेखि कर्मचारी सेवा प्रवाह ठप्प पारी आन्दोलनमा उत्रिएका थिए। मनोमानी रूपमा प्रमुख प्रशासकीय अधिकृतले काम गरेको भन्दै जनप्रतिनिधि र कर्मचारी आन्दोलनमा उत्रिँदै आएका छन्।

यता प्रमुख प्रशासकीय अधिकृत डाँगीले भने सरुवा गरे आफू जान तयार रहेको यस अघि नै प्रशासनलाई बताईसकेका छन्।

सम्बन्धित समाचार : प्रमुख प्रशासकीय अधिकृतविरुद्ध जनप्रतिनिधि र कर्मचारी आन्दोलित, सरुवा गर्न माग  

Tags :
प्रतिक्रिया दिनुहोस