राखेपका पूर्व सदस्यसचिव सिंहको निधन « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

राखेपका पूर्व सदस्यसचिव सिंहको निधन


१५ मंसिर २०७९, बिहिबार


काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व सदस्यसचिव किशोरबहादुर सिंहको ७५ वर्षको उमेरमा निधन भएको छ।

सिंहको बिहीबार दिउँसो निधन भएको हो। मुटुको बिरामी रहेका सिंहको स्वास्थ्यमा अचानक समस्या देखिएपछि उनलाई बुधबार राति नर्भिक अस्पताल लगिएको थियो।

नेपाल ब्याडमिन्टन सङ्घका सचिव तथा सिंहका भतिज समीर बहादुर सिंहले खाना खाएपछि फुड पोइजनिङको लक्ष्यण देखिएर भोमिटिङ भएर अस्पताल पुर्‍याएको जानकारी दिए।

सिंह २०५९ देखि २०६३ सम्म राखेपको सदस्यसचिवको रूपमा काम गरेका थिए। उनी छ पटकका राष्ट्रिय ब्याडमिन्टन च्याम्पियन खेलाडीसमेत हुन्।

बेलायतबाट शुक्रबार छोरी काठमाडौँ आएपछि अन्तिम संस्कार गरिने जनाएको छ। सिंहको श्रीमती र एक छोरी रहेका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस