लुम्बिनी प्रदेशका सबै मन्त्रालय मङ्सिरभित्र राजधानीमा सारिने « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

लुम्बिनी प्रदेशका सबै मन्त्रालय मङ्सिरभित्र राजधानीमा सारिने


१५ मंसिर २०७९, बिहिबार


काठमाडौँ । लुम्बिनी प्रदेश सरकारले सबै मन्त्रालय स्थायी राजधानी दाङ देउखुरीमा सार्ने तयारी गरेको छ ।

मन्त्रालय स्थानान्तरणका लागि आन्तरिक तयारीमा सरकार लागि रहेकाले यही मंसिर महिनाभित्र प्रदेश सरकार मातहतका सबै मन्त्रालय राजधानीमा सार्ने तयारी छ ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलबहादुर केसीले प्रदेश सरकार मातहतका सबै मन्त्रालयका लागि आवश्यक पर्ने पूर्वाधारसहित मुख्य सचिवको आवास व्यवस्थापनको काम भइसकेकाले निर्वाचन आचारसंहिता अन्त्य भएसँगै मन्त्रालयहरू राजधानीमा लैजाने तयारी सरकारले गरिरहेको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस