२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अङ्ग्रेजी माध्यमको पढाइले विद्यार्थीको आकर्षण

अ+ अ-

रेसुङ्गा । गुल्मी मालिका गाउँपालिका–४ का १२ वर्षे अमृत अर्याल विद्यालय पुग्न दैनिक ३ घण्टा पैदल हिँर्छन् । घर नजिकै विद्यालय भए पनि त्यति टाढाको विद्यालयमा भर्ना हुनुको कारण हो, अङ्ग्रेजी माध्यम ।

कक्षा ७ मा पढ्ने उनी घर अर्खबाङ्गदेखि मालिका–३ ह्वाङ्दीमा पुग्छन् । उनीसँगै दीक्षा अर्याललगायतका करिब ५० जना विद्यार्थीहरु गाउँको विद्यालय छाडेर लामो यात्रा गरी पढ्न जान्छन् ।

‘त्यति टाढाको विद्यालय नगए पनि हुन्थ्यो भन्ने लाग्छ, आउँदा जाँदा एक झर पानी परे मेरा आँखाबाट आँसु झर्छन्’, अर्खबाङ्गकी ७३ वर्षीया तिलमती बुढाले भनिन्, ‘नाति–नातिनाको भविष्यका लागि जोखिम मोलेरै भए पनि पढ्न पठाउनुपरेको छ ।’

मालिका–३ मा रहेको देवीस्थान माध्यमिक विद्यालय अङ्ग्रेजी माध्यमबाट कक्षा १० सम्म अध्यापन हुने गाउँपालिकाकै एउटा मात्रै विद्यालय हो । विसं २०५० मा स्थापना भएको विद्यालयमा २०६७ देखि अङ्ग्रेजी माध्यमको पढाइ सुरु भएको प्रधानाध्यापक नारायणप्रसाद अर्यालको भनाइ छ । विद्यालयमा अहिले दुई सय ५७ विद्यार्थीले अङ्ग्रेजी माध्यमबाट पढिरहेको उनले जानकारी दिए ।

अङ्ग्रेजी माध्यमबाट पढाइ हुने भएपछि विद्यालयमा छिमेकी जिल्ला बागलुङको निगलपानी, चिसापानी र गङ्गरेका विद्यार्थी आउने गरेका छन् । गाउँमा एकमात्र अङ्ग्रेजी माध्यमको विद्यालय भएपछि टाढाका विद्यार्थी पढ्नका लागि आउने गरेको विद्यालयका विज्ञान शिक्षक विकास तामाङले जानकारी दिए ।

विद्यालयमा स्थायी दरबन्दीको अभावका कारण आर्थिक जोखिम मोल्दै भए पनि विद्यालयले अङ्ग्रेजी माध्यमबाट पढाइरहेको छ । चार जना प्राथामिक तहका स्थायी शिक्षकसहित तीन निम्न माध्यमिक र एक माध्यमिक तह गाउँपालिका अनुदान शिक्षक छन् । बाँकी छ शिक्षक र तीन कर्मचारी निजी स्रोतमा छन् ।

गाउँका अन्य विद्यालयमा विद्यार्थीको सङ्ख्या निरन्तर घट्दा पनि अङ्ग्रेजी माध्यमले गर्दा यस विद्यालयमा विद्यार्थी नघटेको प्रधानाध्यापक अर्यालको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस