फिफा विश्वकप : आज चार खेल हुँदै « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

फिफा विश्वकप : आज चार खेल हुँदै


१५ मंसिर २०७९, बिहिबार


काठमाडौँ । कतारमा जारी फिफा विश्वकप फुटबल अन्तर्गत आज बिहीबार चार खेलहरू हुँदै छन् । बिहीबार समूह ‘ई’ र समूह ‘एफ’ का दुई दुई खेलहरू हुनेछन् ।

बेलुकी पौने ९ बजे हुने खेलहरूमा समुह ‘एफ’ मा रहेका क्रोएसिया र मोरक्को तथा क्यानडा र बेल्जियम भिड्नेछन् । यो समूहमा दुई खेलबाट ४-४ अङ्क जोडेका क्रोएसिया र मोरक्को शीर्ष दुई स्थानमा रहेका छन् । ३ अङ्क जोडेको बेल्जियम तेस्रो स्थानमा रहेको छ । पुछारमा रहेको क्यानडाले अङ्क जोड्न सकेको छैन ।

बिहीबारको खेल जितेको अवस्थामा बेल्जियम नकआउट चरणमा पुग्नेछ । क्रोएसिया र मोरक्कोबीचको खेलमा विजयी हुने टोली समूह विजेता बन्नेछ ।

यस्तै, बिहीबार राति पौने १ बजे समुह ‘ई’ मा रहेका जापान र स्पेन तथा कोष्टारिका र जर्मनीको भिडन्त हुनेछ । यो समूहमा २ खेलबाट स्पेनले ४ अङ्क जोडेको छ । जापान र कोस्टारिकाको ३-३ अङ्क छ भने जर्मनीको १ अङ्क मात्रै छ ।

Tags :
प्रतिक्रिया दिनुहोस