मदरसामा विस्फोट हुँदा कम्तीमा १५ जनाको मृत्यु, २७ घाइते « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

मदरसामा विस्फोट हुँदा कम्तीमा १५ जनाको मृत्यु, २७ घाइते


१४ मंसिर २०७९, बुधबार


काठमाडौँ । अफगानिस्तानको समंगन प्रान्तको ऐबाक सहरमा रहेको ‘जिहादिया’ नामक मदरसामा विस्फोट भएको खबर छ । अफगान समाचार च्यानल टोलो न्युजले अस्पतालका अधिकारीहरूलाई उद्धृत गर्दै विस्फोटमा कम्तीमा १५ जनाको मृत्यु भएको र २७ जना घाइते भएको बताएको छ ।

केही स्थानीय सञ्चारमाध्यममा यस विस्फोटबाट भएको क्षतिको बारेमा फरक-फरक तथ्याङ्क दिइएको छ । स्थानीय अधिकारीहरूले सञ्चारमाध्यमलाई दिउँसोको प्रार्थनाको समयमा विस्फोट भएको बताएका छन् । हालसम्म कुनै पनि समूहले घटनाको जिम्मेवारी लिएको छैन ।

विस्फोटको पुष्टि गर्दै तालिवानको आन्तरिक मन्त्रालयका प्रवक्ताले ठूलो सङ्ख्यामा मानिस घाइते भएको बीबीसीलाई बताए। स्थानीय अस्पतालका एक डाक्टरले एएफपी समाचार एजेन्सीलाई  मृत्यु हुनेमा अधिकांश मदरसाका विद्यार्थी रहेको बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस