प्रदेशसभाको समानुपातिकमा यस्तो छ दलगत मत परिणाम ! « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

प्रदेशसभाको समानुपातिकमा यस्तो छ दलगत मत परिणाम !


१४ मंसिर २०७९, बुधबार


काठमाडौँ । प्रदेशसभाको समानुपातिकतर्फ प्रदेश नम्बर १ मा एमालेले अग्रता कायमै राखेको छ । पछिल्लो मत परिणाम अनुसार एमालेले ६ लाख ३० हजार ३४३ मत पाएको छ । 

दोस्रोमा रहेको नेपाली काँग्रेसले पाँच लाख ३० हजार २७५ मत पाएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले एक लाख ९० हजार ८७४, माओवादी केन्द्रले एक लाख ७७ हजार २८९ मत प्राप्त गरेको छ । 

मधेस प्रदेशमा काँग्रेस पहिलो स्थानमा छ । काँग्रेसले तीन लाख ८६ हजार २९३ मत पाएको छ । एमालेले तीन लाख ४३ हजार ७२८, जनमत पार्टीले तीन लाख सात हजार ५३०, जसपा नेपालले दुई लाख ८७ हजार ८४६, माओवादी केन्द्रले एक लाख ७८ हजार ९३६, एकीकृत समाजवादीले एक लाख १२ हजार २६४ र लोसपा नेपालले एक लाख १० हजार ८५२ मत प्राप्त गरेको छ ।

वाग्मती प्रदेश एमाले पनि एमाले अग्रस्थानमा छ । उसले पाँच लाख ५४ हजार १००, काँग्रेसले चार लाख ६३ हजार १३८, माओवादी केन्द्रले दुई लाख ६९ हजार २१५ र राप्रपाले दुई लाख ६६ हजार ५२४ मत पाएको छ ।

गण्डकी प्रदेशमा एमालेले तीन लाख ४० हजार ५३३, काँग्रेसले तीन लाख १७ हजार ५९६ र माओवादी केन्द्रले एक लाख १५ हजार ३६६ मत प्राप्त गरेको छ । 

लुम्बिनीमा एमालेले पाँच लाख ७० हजार ९२१, काँग्रेसले चार लाख ९९ हजार ९८६, माओवादीले एक लाख ९८ हजार ४५०, राप्रपाले एक लाख २७ हजार ४५२ र नागरिक उन्मुक्ति पार्टीले एक लाख २५ हजार ५२१ मत पाएको छ ।

कर्णालीमा एमालेले एक लाख ८३ हजार ९५०, काँग्रेसले एक लाख ७० हजार ७५६ र माओवादीले एक लाख ३७ हजार ६२९ मत पाएको छ ।

सुदूरपश्चिममा एमालेले दुई लाख ४८ हजार ८४०, काँग्रेसले दुई लाख ४३ हजार २९ र माओवादी केन्द्रले एक लाख १८ हजार ९०३न मत पाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस