२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डोजर आतङ्क बन्द गर्न महानगरलाई चेतावनी

अ+ अ-

काठमाडौँ । अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी केन्द्र) ले सुकुम्वासी बस्तीमा डोजर लगाउने कार्य तत्काल रोक्न माग गरेको छ । महानगरपालिकाको यो कदम संविधान तथा कानुन विपरीत र मानवअधिकार विरोधी भएको भन्दै महासङ्घले निन्दा तथा भर्त्सना समेत गरेको छ ।

महानगरपालिकाले मच्चाएको डोजर आतङ्कको विरुद्ध जनताले गरेको प्रतिरोध स्वाभाविक रहेको बताउँदै महासङ्घले भूमिहीन दलित, सकुम्बासी र अव्यवस्थित बसोबासीहरूको सङ्घर्षमा ऐक्यबद्धता प्रकट गरेको छ । 

गरिब तथा निमुखा जनतामाथि डोजरको बलमा आतङ्क मच्चाउने र सुरक्षाकर्मीको बलमा दमन गर्ने दुस्साहस नगर्न महासङ्घले चेतावनीसमेत दिएको छ । फेरि पनि डोजर प्रयोग गरिएमा उत्पन्न परिस्थितिको जिम्मेवार काठमाडौँ महानगरपालिका स्वयं हुने चेतावनी महासङ्घको चेतावनी छ ।

यता देशभरका भूमिहीन दलित र भूमिहीन सुकुम्वासीहरूलाई जग्गा उपलब्ध गराउने तथा अव्यवस्थित बसोबासीहरूलाई व्यवस्थापन गर्ने प्रयोजनका लागि नेपाल सरकारले राष्ट्रिय भूमि आयोग गठन गरेको, त्यसका लागि राष्ट्रिय भूमि आयोग र काठमाडौँ महानगरपालिकाको बीचमा कार्यसहमति पत्रमा हस्ताक्षर गरी लगत संकलनसम्बन्धी सूचना प्रकाशन भइसकेको कुरा महासङ्घले स्मरण गराएको छ ।

‘यस्तो अवस्थामा भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासहरूलाई निवेदन फाराम भराई लगत सङ्कलन गर्ने, प्रमाणीकरण गर्ने र दस्तावेजीकरण गरी राष्ट्रिय भूमि आयोगमा सिफारिस गर्नुको सट्टा काठमाडौँ महानगरपालिकाले थापाथली क्षेत्रमा सुकुम्वासी बस्ती भत्काउन डोजर र सुरक्षाकर्मी लिएर पुग्नु भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीको संविधानप्रदत्त अधिकार हनन् गर्ने, नागरिकहरूको मानव अधिकार उलङ्घन गर्ने, राष्ट्रिय भूमि आयोगको काममा बाधा पार्ने र सर्वसाधारणमाथि डोजर आतङ्क मच्चाउने खालको छ,’ अध्यक्ष चित्रबहादुर श्रेष्ठले जारी गरेको विज्ञप्तिमा भनिएको छ । 

महासङ्घले महानगरपालिकाभरका भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीलाई निवेदन फाराम भराई लगत सङ्कलन गर्न र प्रमाणीकरण गराई आफ्ना नागरिकहरूको संविधानप्रदत्त अधिकार सुनिश्चित गराउन माग गरेको छ । 

प्रतिक्रिया दिनुहोस