२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

४ महिनामा सरकारले गुमायो ७३ अर्ब भन्सार राजस्व

अ+ अ-

काठमाडौँ । शोधनान्तर स्थिति जोगाउनका लागि आयातमा कडाइ गर्दा सरकारले ४ महिनामा नै ७३ अर्ब रुपैयाँ राजस्व गुमाउनुपरेको छ । गत आर्थिक वर्षको भन्सार राजस्वसँग तुलना गर्दा भने सरकारले ७३ अर्ब रुपैयाँ भन्सार राजस्व गुमाउनुपरेको छ ।

शोधनान्तर स्थिति ऋणात्मक भएर नेपाल राष्ट्र बैङ्कमा भएको विदेशी मुद्राको संचितिले ७ महिनाभन्दा कम समयको लागि मात्रै वस्तु तथा सेवा आयात धान्न सक्ने अवस्था भएपछि सरकारले केही वस्तुको आयातमा प्रतिबन्ध लगाएको छ । यस्तै, नेपाल राष्ट्र बैङ्कले कम आवश्यकताका वस्तुको आयातमा शतप्रतिशतसम्म नगद मार्जिन राख्नुपर्ने व्यवस्था गरेको छ ।

सरकारले गत वैशाख १३ गतेदेखि महँगा मोबाइल, मदिरा, निजी सवारी साधन, कुरकुरे, कुरमुरे, खेलौना, लेज, ४२ इन्चभन्दा ठूला टेलिभिजन, तास, १५० सीसी इन्जिन क्षमताभन्दा बढीका मोटरसाइकल लगायतका वस्तुको आयात रोकेको थियो । यीमध्ये अन्य वस्तुको आयात प्रतिबन्ध हटेपनि ३०० अमेरिकी डलरभन्दा महँगो दरका मोबाइल, मदिरा, कार, जीप, भ्यान, १५० सीसीभन्दा बढी इन्जिन क्षमताका मोटरसाइकलको आयातमा प्रतिबन्ध कायमै राखेको छ । यस्तै, नेपाल राष्ट्र बैङ्कले गत माघ अन्तिम साता निर्देशन जारी गर्दै ४८ प्रकारका वस्तुको आयातमा ५० देखि शतप्रतिशतसम्म नगद मार्जिन राख्नुपर्ने व्यवस्था गरेको थियो । 

सरकार र नेपाल राष्ट्र बैङ्कको यस्तो नीतिगत व्यवस्थाले आयात प्रभावित हुँदा सरकारको ढुकुटी रित्तै परेको छ । सरकारले आयातमा कडाइ गरेका कारण चालू आर्थिक वर्षको चार महिना (साउन, भदौ, असोज र कात्तिक महिना) मा मात्रै ७३ अर्ब रुपैयाँ भन्सार राजस्व गुमाएको छ । आन्तरिक राजस्व विभागले उठाउने आयकर, मूल्य अभिवृद्धि कर (भ्याट) जस्तै कर समेत जोड्ने हो भने राजस्वका हिसाबले आयात प्रतिबन्ध निकै महँगो परेको देखिन्छ ।

गत आर्थिक वर्षको पहिलो तीन महिनामा भन्सार विभागले १ खर्ब ७२ अर्ब ६२ करोड २९ लाख रुपैयाँ भन्सार राजस्व उठाएको थियो । तर, चालु आर्थिक वर्षको पहिलो तीन महिनामा भने भन्सार राजस्वबाट १ खर्ब २६ अर्ब ६२ करोड २२ लाख रुपैयाँ उठाएको छ । सरकारले गत आर्थिक वर्षको तुलनामा ४६ अर्ब रुपैयाँ कम राजस्व उठाएको छ ।

सरकारले गत कात्तिक मसान्तसम्ममा २ खर्ब २ अर्ब रुपैयाँ भन्सार राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको थियो । तर, गत कात्तिक मसान्तसम्ममा १ खर्ब २९ अर्ब रुपैयाँ मात्रै भन्सार राजस्व उठेको भन्सार विभागका प्रवक्ता पुण्यविक्रम खड्काले बताए ।

सरकारले गत आर्थिक वर्षमा १० खर्ब ५० अर्ब ८२ करोड रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको थियो । चालु आर्थिक वर्षमा राजस्वको लक्ष्य १२ खर्ब ४० अर्ब ११ करोड रुपैयाँ छ । गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा राजस्व लक्ष्य करिब १८ प्रतिशतले बढाइएको छ । तर, आयातमा गरिएको कडाइ कारण सरकारको राजस्व असुलीको लक्ष्य भने कम हुँदै गएको छ ।

प्रतिक्रिया दिनुहोस