२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राजधानीका स्थायी पूर्वाधार नबनेसम्म दाङ नजाने कर्मचारी सङ्गठनहरूको अडान

अ+ अ-

काठमाडौँ । लुम्बिनी प्रदेश सरकारले पूर्वाधार नबन्दै अस्थायी मुकाम बुटवलमा रहेका मन्त्रालयहरू दाङ लैजान लागेको भन्दै विभिन्न कर्मचारी सङ्गठनहरू आन्दोलित भएका छन् ।

कर्मचारी सङ्गठनहरूले बिहीबार प्रदेश सरकारका प्रमुख सचिव डा. दीपक काफ्लेलाई ज्ञापनपत्र बुझाउँदै हतारमा मन्त्रालयहरू दाङ लैजाने सरकारको निर्णय स्थगित गर्न माग गर्दै जबरजस्ती गरे चरणबद्ध आन्दोलन गर्ने चेतावनी समेत दिएका हुन् ।

भर्खरै सम्पन्न आम निर्वाचनले नयाँ जनादेश दिइसकेको अवस्थामा काम चलाउ सरकारले हतारमा मन्त्रालय सार्ने निर्णय गर्नु आपत्तिजनक रहेको कर्मचारी सङ्गठनहरूको भनाइ छ । भालुबाङ क्षेत्रमा मन्त्रालयहरू रहने र सेवा प्रवाह गर्ने भवन,कर्मचारी आवास,शैक्षिक र स्वास्थ्य संस्थाको अभाव रहेको भन्दै कर्मचारी सङ्गठनहरूले स्थायी पूर्वाधार नबनेसम्म काम गर्न जान नसक्ने बताएका छन् ।

नेपाल निजामती कर्मचारी सङ्गठन लुम्बिनी प्रदेश अध्यक्ष खगराज उपाध्याय, नेपाल निजामती कर्मचारी युनियन प्रदेश अध्यक्ष मदन गौतम,राष्ट्रिय कर्मचारी सङ्गठन (निजामती) का सदस्य नारायण भट्टराई र निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियन रुपन्देहीका हरिप्रसाद खनालले हस्ताक्षर गरेको संयुक्त ज्ञापनपत्रमा सरकारको निर्णयले कर्मचारीको मनोबल गिराउने काम गरेको उल्लेख छ ।

प्रदेश सभाले २०७७ असोज २० गते स्थायी राजधानीबारे निर्णय गर्दा कर्मचारीहरूका लागि आवासको उचित व्यवस्था गरेपछि मात्र निर्णय कार्यान्वयन हुने उल्लेख रहेकोमा त्यस विपरीत हतारमा कर्मचारीलाई पठाउनु गलत भएको नेपाल निजामती कर्मचारी युनियन प्रदेश अध्यक्ष मदन गौतमले बताए ।

नेपाल निजामती कर्मचारी सङ्गठन लुम्बिनी प्रदेश अध्यक्ष खगराज उपाध्यायले स्थायी राजधानीको निर्णय गरेको २ वर्षसम्म अस्थायी प्रदेश सभा सचिवालय भवन समेत तयार नभएको अवस्थामा पूर्वाधार नबनिकनै मन्त्रालयहरू सार्न खोज्नु गैरजिम्मेवार काम भएको बताए ।

प्रदेश सरकार मातहत दुई हजार ७ सय बढी कर्मचारी कार्यरत छन् । ज्ञापनपत्र बुझेपछि प्रमुख सचिव डा. काफ्लेले पूर्वाधार बनेपछि मात्रै स्थायी राजधानीबाट मन्त्रालयका काम सुरु गर्नुपर्छ भन्ने कर्मचारी सङ्गठनहरूको माग जायज रहेको र यसबारे आफूले सरकारमा कुरा राख्ने बताए ।

प्रतिक्रिया दिनुहोस