अमेरिकी द भ्वाइसको शीर्ष ८ मा प्रवेश पारिजिता « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

अमेरिकी द भ्वाइसको शीर्ष ८ मा प्रवेश पारिजिता


१४ मंसिर २०७९, बुधबार


काठमाडौँ । अमेरिकी ‘द भ्वाइस’ की प्रतिभाशाली प्रतियोगी पारिजिता बास्तोला शीर्ष ८ मा पुग्न सफल भएकी छन् । सोमबारको प्रस्तुतिपछि उनी अगाडि बढ्दै शीर्ष ८ मा पुग्न सफल भएकी हुन् । मङ्गलवार उनको नाम शीर्ष आठमा पुगेको घोषणा भएको हो ।

नोभेम्बर २९ भएको घोषणामा २ जना बाहिरिएका छन् । पारिजिताले गायिका एलेसिया काराको स्कार्स टु योर ब्युटिफुल गीत प्रस्तुत गरेकी थिइन् । एलेसिया कारा क्यानाडेली गायिका तथा गीतकार हुन् । उनले उनले आफ्नो गीत पारिजिताले गाएपछि बधाई दिएकी छिन । उनले परिजिताको प्रस्तुतिलाई सुन्दर र शानदार भन्दै प्रशंसा गरेकी छिन् ।

Tags :
प्रतिक्रिया दिनुहोस