इक्वेडरलाई २-१ गोल अन्तरले हराउँदै सेनेगल नकआउट चरणमा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

इक्वेडरलाई २-१ गोल अन्तरले हराउँदै सेनेगल नकआउट चरणमा


१४ मंसिर २०७९, बुधबार


काठमाडौँ । सेनेगल फिफा विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ ।

मंगलबार राति भएको खेलमा इक्वेडरलाई २-१ गोल अन्तरले हराउँदै सेनेगल राउण्ड अफ १६ मा प्रवेश गरेको हो ।

सेनेगललाई जित दिलाउन इस्माइला सार र कालिडोउ कुलिबालीले एक एक गोल गरे । इक्वेडरका मोइसेस सियासेडोले एक गोल फर्काए । यस जितसँगै सेनेगल समूह ‘ए’ को दोस्रो स्थानमा रहदै नकआउट चरणमा पुगेको हो ।

सेनेगल जारी विश्वकपको नकआउट चरणमा पुग्ने पहिलो अफ्रिकन राष्ट्र बनेको छ । सेनेगलले ३ खेलमा ६ अंक जोड्यो । इक्वेडर समूह चरणबाट बाहिरिएको छ । इक्वेडरले ३ खेलमा ४ अंक जोड्यो ।

Tags :
प्रतिक्रिया दिनुहोस