आन्तरिक राजस्व विभागको महानिर्देशकमा मैनाली नियुक्त « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

आन्तरिक राजस्व विभागको महानिर्देशकमा मैनाली नियुक्त


१३ मंसिर २०७९, मंगलबार


काठमाडौँ । आन्तरिक राजस्व विभागको महानिर्देशकमा सहसचिव दीर्घराज मैनाली नियुक्त भएका छन् ।

मन्त्रीस्तरीय निर्णयबाट सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका प्रमुख मैनालीलाई विभागको महानिर्देशकमा नियुक्त गरिएको हो ।

मैनाली केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा राजस्व अनुसन्धान विभागको महानिर्देशक रहेका मैनालीलाई निर्वाचनअघि नै महानिर्देशकको जिम्मेवारी दिने भनिए पनि निर्वाचन आचारसंहिताका कारण केही बिलम्ब हुन पुगेको थियो । मैनालीलाई विभाग पठाएसँगै महानिर्देशक रितेश शाक्यलाई मन्त्रालय तानिएको छ । 

मैनाली अर्थकै क्याडर भए पनि भर्खरै भएको निर्वाचनमा मत परिणामसमेत टुङ्गो नलागिसकेको अवस्थामा हतार हतार निर्णय गरिएको भन्दै अर्थभित्रै गाइँगुइँ शुरु भएको छ । तर उनको विभाग प्रवेशले हालको अवस्थामा रहेको कर तथा भ्याट असुलीमा सुधार हुने अपेक्षा लिइएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस