काँग्रेसका गच्छदारलाई हराउँदै एमालेकी चौधरी विजयी « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

काँग्रेसका गच्छदारलाई हराउँदै एमालेकी चौधरी विजयी


१३ मंसिर २०७९, मंगलबार


काठमाडौँ । सुनसरी निर्वाचन क्षेत्र नम्बर ३ मा नेकपा एमालेकी भगवती चौधरी विजयी भएकी छन्।

अन्तिम मत परिणामअनुसार चौधरीले ४० हजार सात ८८ मत ल्याएकी छन्। उनले नेपाली काँग्रेसका विजयकुमार गच्छदारलाई ५ हजार एक सय ८८ मतान्तरले हराइन्। काँग्रेसका गच्छदारले ३५ हजार छ सय मत पाएका छन्।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कमलबाबु मैनालीले छ हजार चार सय ५३ मत पाएका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस