चुनावमा होमिएका पूर्व सामान्य प्रशासनमन्त्रीहरुको बिजोग, अब के गर्लान् ? « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

चुनावमा होमिएका पूर्व सामान्य प्रशासनमन्त्रीहरुको बिजोग, अब के गर्लान् ?


१३ मंसिर २०७९, मंगलबार


काठमाडौँ । निर्वाचनमा होमिएका ४ जना पूर्व सामान्य प्रशासनमन्त्रीहरुको बिजोग भएको छ । यस पटकको प्रतिनिधिसभामा पूर्व समान्य प्रशासनमन्त्रीहरु रेखा शर्मा, लालबाबु पण्डित, हृदयेश त्रिपाठी, राजेन्द्र श्रेष्ठ, गणेश सिंह ठगुन्नाहरू चुनावी मैदानमा थिए । जसमध्ये रेखाबाहेक अरू पराजित भए ।

दाङ क्षेत्र नम्बर-२ बाट एमालेका महासचिव शङ्कर पोखरेललाई हराउँदै माओवादीकी रेखा शर्मा सांसदमा निर्वाचित भइन् । पूर्व सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितलाई हराउँदै मोरङ क्षेत्र नम्बर-६ बाट नेपाली काँग्रेसका उम्मेदवार डा. शेखर कोइराला विजयी भएका छन् ।

त्यस्तै नवलपरासी बर्दघाट सुस्तापूर्वबाट चुनाव लडेका पूर्व सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठी पराजित भएका छन् । उनलाई नेपाली काँग्रेसबाट चुनाव लडेका विनोद चौधरीले हराएका हुन । यस्तै पूर्व मन्त्री गणेश सिंह ठगुन्ना वर्तमान उद्योग मन्त्री दिलेन्द्र प्रसाद बडूसँग पराजित भएका हुन ।

यस्तै काठमाडौँ क्षेत्र नम्बर सातबाट उम्मेदवार बनेका पूर्व मन्त्री राजेन्द्र श्रेष्ठ सो क्षेत्रबाट चुनाव लडेका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पराजुलीसँग पराजित भएका हुन् ।

७४ सालपछिका पाँच वर्षमा ६ जना संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री बनेकामध्ये गणेश पहाडी भने संघीय निर्वाचनमा लडेनन् । संघीय निर्वाचन लडेका पाँच जनामध्ये ४ जना पराजित भएका हुन भने पूर्व सामान्य प्रशासन मन्त्री रेखा शर्मा मात्र निर्वाचित भएकी हुन ।

Tags :
प्रतिक्रिया दिनुहोस