२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उछिट्टिएको ढुङ्गा लागेर घाइते भएका सेनाको उपचारका क्रममा मृत्यु

अ+ अ-

सिमकोट । कर्णाली करिडोरको हुम्ला खण्डको दुल्ली कुनादेखि लालीबगर क्षेत्रको सुनाखाडामा चट्टानी भीरमा विस्फोट गर्ने क्रममा उछिट्टिएको ढुङ्गा लागेर गम्भीर घाइते भएका सेनाका अमल्दार खेमराज पोखरेलको मृत्यु भएको छ।

घटनास्थलबाट हेलिकोप्टरमार्फत उद्धार गरेर नेपालगन्जस्थित सेनाको अस्पतालमा लगिएकोमा उनको उपचारका क्रममा मृत्यु भएको हो।

बराह दल गुल्म रानीवनका गुल्मपति सेनानी सुरेन्द्र श्रेष्ठले घटनाको पुष्टि गर्दै सेनाका अमल्दार पोखरेलको उपचारकै क्रममा मृत्यु भएको बताए।

गत आइतबार सडक निर्माण गर्ने कामदार र सेना मिलेर चट्टानी भीरमा विस्फोट गरिरहेको बेला मानिस आउजाउ कार्य बन्द गर्नका लागि ड्युटीमा खटिएकै बेला विस्फोट भएको ढुङ्गा उछिट्टिएर पोखरेललाई लाग्दा लडेर घाइते भएका थिए।

३५ वर्षका पोखरेलको टाउको र दायाँ खुट्टामा गम्भीर चोट लागेको थियो। कालीबक्स गण सुर्खेतमा कार्यरत पोखरेल कर्णाली करिडोरको हुम्ला खण्डको उक्त सडक निर्माणका खटिँदै आएका थिए।