उछिट्टिएको ढुङ्गा लागेर घाइते भएका सेनाको उपचारका क्रममा मृत्यु « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

उछिट्टिएको ढुङ्गा लागेर घाइते भएका सेनाको उपचारका क्रममा मृत्यु


१३ मंसिर २०७९, मंगलबार


सिमकोट । कर्णाली करिडोरको हुम्ला खण्डको दुल्ली कुनादेखि लालीबगर क्षेत्रको सुनाखाडामा चट्टानी भीरमा विस्फोट गर्ने क्रममा उछिट्टिएको ढुङ्गा लागेर गम्भीर घाइते भएका सेनाका अमल्दार खेमराज पोखरेलको मृत्यु भएको छ।

घटनास्थलबाट हेलिकोप्टरमार्फत उद्धार गरेर नेपालगन्जस्थित सेनाको अस्पतालमा लगिएकोमा उनको उपचारका क्रममा मृत्यु भएको हो।

बराह दल गुल्म रानीवनका गुल्मपति सेनानी सुरेन्द्र श्रेष्ठले घटनाको पुष्टि गर्दै सेनाका अमल्दार पोखरेलको उपचारकै क्रममा मृत्यु भएको बताए।

गत आइतबार सडक निर्माण गर्ने कामदार र सेना मिलेर चट्टानी भीरमा विस्फोट गरिरहेको बेला मानिस आउजाउ कार्य बन्द गर्नका लागि ड्युटीमा खटिएकै बेला विस्फोट भएको ढुङ्गा उछिट्टिएर पोखरेललाई लाग्दा लडेर घाइते भएका थिए।

३५ वर्षका पोखरेलको टाउको र दायाँ खुट्टामा गम्भीर चोट लागेको थियो। कालीबक्स गण सुर्खेतमा कार्यरत पोखरेल कर्णाली करिडोरको हुम्ला खण्डको उक्त सडक निर्माणका खटिँदै आएका थिए।

Tags :
प्रतिक्रिया दिनुहोस