धनुषा-४ बाट एमालेका रघुवीर महासेठ विजयी « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

धनुषा-४ बाट एमालेका रघुवीर महासेठ विजयी


१३ मंसिर २०७९, मंगलबार


काठमाडौँ । धनुषा क्षेत्र नं. ४ मा नेकपा एमालेका रघुवीर महासेठ विजयी भएका छन् । नेपाली कांग्रेसका महेन्द्र यादवलाई १२४ मतान्तरले पराजित गर्दै उनी विजयी भएका हुन् ।

महासेठले ३२ हजार २३६ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्दी यादवले ३२ हजार ११२ मत पाएका छन् ।

विजयी भएका महासेठ एमालेका सचिव हुन् भने यादव कांग्रेसका सहमहामन्त्री हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस