कांग्रेस महामन्त्री यादवसँग एमाले सचिव महासेठले घटाए मतान्तर « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

कांग्रेस महामन्त्री यादवसँग एमाले सचिव महासेठले घटाए मतान्तर


१३ मंसिर २०७९, मंगलबार


काठमाडौ । धनुषा क्षेत्र नम्बर-४ मा नेपाली कांग्रेसका सह-महामन्त्री महेन्द्र यादवसँग र नेकपा एमालेका सचिव रघुवीर महासेठले मतान्तर घटाएका छन् ।

कांग्रेसका सह-महामन्त्री महेन्द्र यादवले ३१ हजार ३१६ मत पाएका छन् । मतगणना सुरु भएदेखि नै अघि पछि भइरहेका एमालेका सचिव महासेठले ३१ हजार २१ मत पाएका छन् । महासेठ २९५ मतले पछि छन् ।

उनीहरुबीच निकै रोचक प्रतिस्पर्धा भइरहेको छ ।

९ सय मतले पछिपरिरहेका महासेठले घटाएर अहिले २९५ मा झारेका छन् । अब मिथिला नगरपालिका ११ को मात्र गणना बाँकी छ ।

Tags :
प्रतिक्रिया दिनुहोस