मंकिपक्सको नाम अब एमप्कस : विश्व स्वास्थ्य सङ्गठन « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

मंकिपक्सको नाम अब एमप्कस : विश्व स्वास्थ्य सङ्गठन


१२ मंसिर २०७९, सोमबार


काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठनले मंकीपक्सको नाम बदलेर एम्पक्स राखेको छ। भाइरसको नामलाई लिएर धेरै गुनासो आएको संस्थाले जनाएको छ । उजुरीकर्ताहरूले यसलाई नश्लीय भनेका छन्।

विश्व स्वास्थ्य सङ्गठनले आगामी एक वर्षसम्म यो भाइरसलाई दुवै नामले चिनिने बताएको छ । विज्ञहरू, आम जनता र धेरै देशका प्रतिनिधिहरूसँग परामर्श गरेपछि सङ्गठनले यो भाइरसलाई एमप्कस नाम दिएको जानकारी दिएको छ। 

मानिसमा मंकिपक्स सन् १९७० मा पहिचान गरिएको थियो र यो भाइरस बाँदरमा पहिलो पटक फेला परेको हुनाले यसलाई मंकिपक्स नाम दिइएको थियो। यो वर्ष अफ्रिका बाहिरका धेरै देशमा पनि यो भाइरस भेटिएको छ । 

युरोप, क्यानडा, अस्ट्रेलिया र अमेरिका लगायतका करिब २९ देशमा यो भाइरसको प्रकोप देखिएको थियो र त्यसैले संक्रमितलाई बचाउन भ्याक्सिनको माग धेरै छ । जुलाईमा विश्व स्वास्थ्य सङ्गठनले विश्वव्यापी स्वास्थ्य आपत्काल घोषणा गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस