प्रधानमन्त्रीमा गगनको दाबी अप्राकृतिक हो : सहमहान्त्री किशोरसिंह राठौर  « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

प्रधानमन्त्रीमा गगनको दाबी अप्राकृतिक हो : सहमहान्त्री किशोरसिंह राठौर 


१२ मंसिर २०७९, सोमबार


काठमाडौँ । काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले पार्टीमा छलफल नगरी प्रधानमन्त्रीको दाबी गर्नु अप्राकृतिक हुने बताएका छन्।

प्रतिनिधिसभा बाँके क्षेत्र नं. ३ बाट विजयी भएपछि पहिलो पटक पत्रकार सम्मेलनमा बोल्दै उनले पार्टी र सत्ता गठबन्धन दल वीच छलफल नै नगरी प्रधानमन्त्रीको दाबी गर्दै हिँड्नु असान्दर्भिक हुने बताए।

महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माप्रति लक्षित गर्दै उनले भने, ‘महामन्त्रीद्वय जस्तै पनि पनि युवा हुँ। अझ उहाँहरूभन्दा म सिनियर पनि हुँ। निर्वाचनको मत परिणाम नआउँदै प्रधानमन्त्रीको दाबी गर्दै हिँड्नु सुहाउँदैन । यो सरासर गलत छ।’

उनले युवालाई नै प्रधानमन्त्री बनाउने भए पनि पार्टीमा छलफल र बहस चलाउनु पर्ने धारणा राखे। पार्टीमा छलफल नगरी प्रधानमन्त्रीको दाबी गर्ने कार्य अनुशासन भित्र नपर्ने उनको भनाइ छ। 

सहमहामन्त्री राठौरले संविधान रक्षा र अधिकार स्थापित गर्न गठबन्धन आवश्यक रहेको औँल्याए। उनले सत्ता प्राप्तिका लागि काँग्रेसले गठबन्धन नगरेको दाबी गरे। 

उनले सिक्टा सिँचाई आयोजना र भेरी डाइभर्सन आयोजना पूरा गर्न पहल गर्ने बताए। एमालेका कारण सिक्टा सिँचाई र भेरी डाइभर्सनको आयोजना पूरा हुन नसकेको उनको दाबी छ। 

नवनिर्वाचित सांसद राठौरले आफू पद, पावर र पैँसाका लागि राजनीति नगरेको स्पष्ट पारे। 

Tags :
प्रतिक्रिया दिनुहोस