स्याउको बिरुवामै भ्रष्टाचार ! « प्रशासन
Logo ५ श्रावण २०८१, शनिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

स्याउको बिरुवामै भ्रष्टाचार !


१२ मंसिर २०७९, सोमबार


काठमाडौँ । हिमाली क्षेत्रका कृषकको जीवनस्तर सुधार गर्ने र आर्थिक रूपमा सबल बनाउने उद्देश्यले अगाडि सारिएका कार्यक्रममा नै भ्रष्टाचार भएको पाइएको छ।

स्थानीय सरकारले हिउँदे फलफूलका बिरुवा स्याउ, दाँते ओखर, च्याउको बीउ तथा जैविक विषादी उपलब्ध गराउने कार्यक्रम अगाडि सारेको छ।

सोही कार्यक्रममा नै भ्रष्टाचार गरिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा दायर गरेको छ।

मुगुको छायाँनाथ रारा नगरपालिकाले आर्थिक वर्ष २०७५/७६ मा सञ्चालन गरेको कार्यक्रममा तोकिएको कार्यक्रमअनुसार बिरुवा नल्याई झूटो बिल भर्पाई बनाएर भ्रष्टाचार गरेको पाइएकाले विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए।

बिरुवा खरिदका लागि वास्तविक लागतभन्दा बढीको नक्कली बिल बनाएको तथा किसानबाट उठाएको रकम हिनामिना गरेको पाइएको छ।

आयोगका आयोगका प्रवक्ता भण्डारीका अनुसार सो नगरपालिकाका तत्कालीन निमित्त प्रशासकीय अधिकृत पीताम्बर सारू र लेखा अधिकृत लोकेन्द्र रावतविरुद्ध एक लाख ६१ हजार रुपैयाँ बराबरको बिगो दाबी गर्दै मुद्दा दायर गरिएको हो।

आयोगले नगरपालिकाका प्राविधिक सहायक उमाकान्त भण्डारीविरुद्ध दुई लाख २३ हजार एक सय बराबरको बिगो दाबी गरेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस