नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट


१२ मंसिर २०७९, सोमबार


काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १५ दशमलव ६१ अङ्कले ओरालो लागेर एक हजार नौ सय ५० दशमलव ३७ मा ओर्लिएको छ ।

ठुला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक तीन दशमलव ६५ अङ्कले ओरालो लागेर तीन सय ८२ दशमलव ६१ मा सीमित भएको छ ।

कूल दुई सय ३६ कम्पनीको ३७ लाख ६१ हजार दुई सय ९९ कित्ता शेयर एक अर्ब ४९ करोड ४३ लाख ९४ हजार छ सय १३ मूल्यमा खरिद बिक्री भए । कारोबार भएका कूल १३ उपसमूहमध्ये दुई उपसमूहको शेयर मूल्य उकालो लाग्दा ११ उपसमूहको शेयर मूल्यमा भने गिरावट आएको छ ।

कारोबारका आधारमा हिमालयन डिस्टिलरी शीर्ष स्थानमा छ । सो कम्पनीको १६ करोड ४६ लाख ४२ हजार सात सय पाँच मूल्यमा कारोबार भयो ।

नवील बैङ्क सात करोड २४ लाख ५८ हजार चार सय चार, शिवम् सिमेन्ट छ करोड १६ लाख ६२ हजार सात सय ४८, एभरेस्ट बैङ्क पाँच करोड ९८ लाख ३१ हजार आठ सय ६१ र साइन रेसुङ्गा डेभलपमेन्ट बैङ्क पाँच करोड ८८ लाख ४४ हजार तीन सय ८५ बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भए ।

नेप्सेका अनुसार खप्तड लघुवित्त आठ दशमलव १८, गरिमा विकास बैङ्कको ऋणपत्र छ दशमलव ११, नेपाल ल्यूब आयल छ दशमलव शून्य नौ, सिटिजन म्युचुअल फण्ड तीन दशमलव ८८ र लक्ष्मी उन्नति कोषका लगानीकर्ताले तीन दशमलव १६ प्रतिशतले कमाएका छन् ।

त्यस्तै, सिनर्जी पावर डेभलपमेन्ट चार दशमलव ५६, ओरियन्टल होटेल चार दशमलव ३१, जानकी फाइनान्स तीन दशमलव ९६, नेपाल एसबीआई बैङ्कको ऋणपत्र तीन दशमलव ९६ र सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम दोस्रोका लगानीकर्ताले तीन दशमलव ९१ प्रतिशतले गुमाएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस