‘नेपालका देवीदेवताहरू’ नामक कला प्रदर्शनी सुरु « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

‘नेपालका देवीदेवताहरू’ नामक कला प्रदर्शनी सुरु


११ मंसिर २०७९, आइतबार


काठमाडौँ । ‘नेपालका देवीदेवताहरू’ नामक कला प्रदर्शनी सुरु भएको छ । नेपाल कला परिषद् र नेपाल हस्तकला महासङ्घको संयुक्त आयोजनामा आजदेखि सुरु भएको उक्त प्रदर्शनीको नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले उद्घाटन गरेका हुन् । कार्यक्रममा राजदूत श्रीवास्तवले नेपाल कला क्षेत्रको धनी मुलुक भएको बताउँदै यसको संरक्षण गर्नुपर्ने बताए ।

काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोलले काठमाडौँलाई कलाको हवका रूपमा विकास गर्ने योजना आफूहरूले बनाएको बताइन् । उनले नेपालको कला क्षेत्रको विकासका लागि काठमाडौँ महानगरपालिकाले नेपाल कला परिषद्सँग मिलेर काम गर्न सुरु गरेको उल्लेख गरिन् । 

आगामी मङ्सिर २५ गतेसम्म चल्ने उक्त प्रदर्शनीको मुख्य उद्देश्य नेपालको हिन्दु धर्म र बौद्ध धर्मबारे विश्वलाई जानकारी गराउनु रहेको नेपाल कला परिषद्का अध्यक्ष सागर शमशेर जबराले जानकारी दिए । प्रदर्शनीमा १५० वटा नेपालका देवीदेवताका मूर्ति तथा चित्रकला अवलोकन गर्न सकिनेछ ।

आजदेखि सुरु भएको प्रदर्शनीमा एक सय ६० कलाकारले बनाएका कलाकृति राखिएका छन् । ‘नेपालका देवीदेवताहरू’ नामक कला प्रदर्शनीले नेपालको कलात्मक सम्पदाको संरक्षण हुने विश्वास आयोजकले लिएको छ । प्रदर्शनीमा विभिन्न विषयमा गोष्ठीसमेत हुनेछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस