ओली भेट्न बालकोट पुगे प्रकाशमान सिंह « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

ओली भेट्न बालकोट पुगे प्रकाशमान सिंह


११ मंसिर २०७९, आइतबार


काठमाडौँ । नेपाली काँग्रेस नेता प्रकाशमान सिंह नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गर्न उनको निवास बालकोट पुगेका छन् ।

काठमाडौँ १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सिंह आइतबार साँझ ५ बजे बालकोट पुगेका हुन् ।

भेटमा ओलीले प्रकाशमान सिंहलाई बधाई दिएको उनका प्रेस संयोजक यूपी लामिछानेले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस