गठबन्धन सापेक्षिक रूपमा सफल, जुम्लामा पूर्ण रूपमा असफल « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

गठबन्धन सापेक्षिक रूपमा सफल, जुम्लामा पूर्ण रूपमा असफल


११ मंसिर २०७९, आइतबार


काठमाडौँ । नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश कमिटीले आम निर्वाचन ०७९ को समीक्षा गरेको छ । माओवादीले कर्णालीमा गठबन्धन पूर्ण रूपमा सफल नभएको समीक्षा गरेको छ । माओवादीले कर्णालीमा प्रतिनिधिसभा तर्फ ५ र प्रदेशसभातर्फ १० निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको थियो ।

प्रदेशभरको प्रत्यक्ष तर्फको प्रतिनिधिसभा तर्फ ४ र  प्रदेशसभा तर्फ ९ निर्वाचन क्षेत्रमा विजय हासिल गरेको छ । गठबन्धन सम्बद्ध दल नेपाली काँग्रेसले प्रतिनिधिसभा तर्फ ४ र प्रदेशसभा तर्फ ९ क्षेत्रमा, नेकपा एकीकृत समाजवादीले प्रतिनिधिसभा तर्फबाट ३ क्षेत्रमा विजय हासिल गरेको छ । 

यसरी हेर्दा गठबन्धन सम्बद्ध दलहरूको तर्फबाट कर्णाली प्रदेशको प्रतिनिधिसभा तर्फको कूल ११ निर्वाचन क्षेत्र र प्रदेशसभा तर्फको कूल २४ निर्वाचन क्षेत्र मध्ये १८ निर्वाचन क्षेत्रमा विजय हासिल गरेको छ । माओवादीका प्रदेश अध्यक्ष विमला केसीले जुम्लामा गठबन्धन पूर्ण रूपमा असफल भएको बताइन् ।

यस्तै  दैलेख २ (ख) सुर्खेत २ (क), डोल्पा १ (क) मुगु १ (क) मा गठबन्धन दल मित्रको आन्तरिक गडबडी र समस्याका कारण पराजित हुनु परेको उनको भनाई छ । 

Tags :
प्रतिक्रिया दिनुहोस