सगरमाथा क्षेत्रमा खिचेको भनिएकाे हिउँ चितुवाको तस्बिर अमेरिकी दूतावासले मेटाउने « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

सगरमाथा क्षेत्रमा खिचेको भनिएकाे हिउँ चितुवाको तस्बिर अमेरिकी दूतावासले मेटाउने


११ मंसिर २०७९, आइतबार


काठमाडौँ । अमेरिकी नागरिक कितिया पावोलोब्स्कीले सगरमाथा क्षेत्रमा खिचेको भनिएका तस्बिरबारे काठमाडौँस्थित अमेरिकी दूतावासले स्पष्टीकरण दिएको छ ।

आइतबार दूतावासले फेसबुकमार्फत उक्त हिउँ चितुवाको तस्बिरको आधिकारिकता पुष्टि गर्न नसकिएको स्वीकार गरेको छ ।

ती तस्बिर आफ्नो सामाजिक सञ्जाल एकाउन्टबाट मेटाउने दूतावासले जनाएको छ । दूतावासले केही साताअघि फेसबुकमा प्रकाशित गरेका ती तस्बिर मेटाउने जनाएको हो ।

अलपाइनम्यागडटकमले ती चारमध्ये तीन तस्बिर झुटो भएको विश्लेषणसहित जिकिर गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस