चुनाव हारेर केही गुमाएको छैन, सपना हारेकोमा चिन्ता छ : कमल थापा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

चुनाव हारेर केही गुमाएको छैन, सपना हारेकोमा चिन्ता छ : कमल थापा


११ मंसिर २०७९, आइतबार


काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले निर्वाचनमा पराजित भएर आफूले व्यक्तिगत रूपमा केही नगुमाएको बताएका छन् । आफ्नो सपना कमजोर भएकामा भने दुःखी भएको उनको भनाइ छ ।

आइतबार बिहान सामाजिक सञ्जालमार्फत उनले नेपाललाई सर्वधर्म समभावसहितको हिन्दुराष्ट्र बनाउने सपना कमजोर भएकोमा आफू दुःखी भएको बताएका छन् ।

हेटौँडालाई वाग्मती प्रदेशको राजधानी बनाउन आफूले भूमिका खेलेको उनले उल्लेख गरेका छन् । काठमाडौं जोड्ने सुरुङमार्ग, नयाँ औद्योगिक क्षेत्र स्थापनालगायत सपना हारेको उनले बताएका छन् ।

“चुनाव हारेर मैले व्यक्तिगत रूपमा केही गुमाएको छैन । नेपाललाई सर्वधर्म समभावसहितको हिन्दुराष्ट्र बनाउने सपना कमजोर भएकोमा दुःखी छु,” उनले ट्विटरमा लेखेका छन्, “हेटौँडालाई राजधानी त बनाएँ, तर काठमाडौं जोड्ने सुरुङमार्ग, नयाँ औद्योगिक क्षेत्र, चक्रपथ बनाउने र विश्वविद्यालय स्थापना गर्ने सपना हारेकोमा भने चिन्ता छ ।”

Tags :
प्रतिक्रिया दिनुहोस