यस्तो छ समानुपातिक तर्फको नतिजा ! « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

यस्तो छ समानुपातिक तर्फको नतिजा !


११ मंसिर २०७९, आइतबार


काठमाडौँ । प्रतिनिधिसभा र प्रदेशसभातर्फको प्रत्यक्ष र समानुपातिकको मतगणना जारी छ। प्रत्यक्षतर्फ १६५ मध्ये १५५ क्षेत्रको अन्तिम परिणाम आइसकेको छ। जसमा नेपाली काँग्रेसले अग्रता बनाएको छ।

यता प्रतिनिधिसभाको समानुपातिकतर्फ नेकपा (एमाले) ले सुरुआतदेखि नै अग्रता कायम गरिरहेको छ । एमालेको २२ लाख नाघ्दा काँग्रेससँगको अन्तर बढाउँदै १ लाख नघाएको छ।

निर्वाचन आयोगको बिहान ८ बजेको तथ्याङ्क अनुसार एमालेले २२ लाख ९० हजार ३९७ मत प्राप्त गरेको छ। काँग्रेसले २१ लाख ९१ हजार ३८२ मत पाएर दोस्रो स्थानमा छ ।

समानुपातिकमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई पछि पार्दै तेस्रो स्थान उक्लिएको नेकपा (माओवादी केन्द्र) ले ९ लाख ५८ हजार ४१८ मत प्राप्त गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले ९ लाख १८ हजार ४ सय ३५ मत प्राप्त गरेको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले ४ लाख ८४ हजार ९सय ३९, जनता समाजवादी पार्टीले २ लाख ७९ हजार ९३९, नेकपा (एकीकृत समाजवादी) ले २ लाख १८ हजार २२१, जनमत पार्टीले २ लाख १३ हजार १०३, नागरिक उन्मुक्ति पार्टीले १ लाख ९६ हजार ६८६ र जनमत पार्टीले २ लाख ९ हजार ८७१ मत प्राप्त गरेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस