सर्लाही २ मा माओवादीको चुनाव चिह्नबाट लडेका महिन्द्र राय यादव विजयी « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

सर्लाही २ मा माओवादीको चुनाव चिह्नबाट लडेका महिन्द्र राय यादव विजयी


१० मंसिर २०७९, शनिबार


जनकपुरधाम । सर्लाही क्षेत्र नं २ महिन्द्र राय यादव निर्वाचित भएका छन् । माओवादी केन्द्रको चुनाव चिह्न बाट लडेका यादवले लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोलाई पराजित गरेका हुन्।

यादवले २३ हजार ५२९ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्दी लोसपाका महतोले २१ ह्जार ५१८ मत ल्याए । यस्तै, नेकपा एमालेका राज नारायण साहले १४ हजार ८१९ मत ल्याए।

चिर्वाचित भएका यादव २०७४ को निर्वाचनमा यसै क्षेत्रबाट निर्वाचित भएका थिए भने निकटतम प्रतिद्वन्दी भएका महतो धनुषा ३ बाट निर्वाचित भएका थिए।

Tags :
प्रतिक्रिया दिनुहोस