समानुपातिकमा काँग्रेसले पनि कटायो २० लाख मत, कसले कति ल्याए ? « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

समानुपातिकमा काँग्रेसले पनि कटायो २० लाख मत, कसले कति ल्याए ?


१० मंसिर २०७९, शनिबार


काठमाडौँ । प्रतिनिधि सभातर्फको जारी मतगणनामा शनिबार साँझसम्म समानुपातिकतर्फ ७५ लाखभन्दा बढी सदर मतको गणना भएको छ।

अहिलेसम्म सदर भएको ७५ लाख ७३ हजार ४ सय ४४ मतमध्ये नेकपा एमाले र नेपाली काँग्रेस मात्रै ४० लाखभन्दा बढी मत पाएका छन्। एमालेले २०७८३९७ अर्थात् २७.४४ प्रतिशत मत पाएको छ भने एमालेले २००५१४१ अर्थात् २६.४७ प्रतिशत मत पाएको छ।

तेस्रो स्थानमा रहेको नेकपा (माओवादी केन्द्र) ले ८ लाख ८९ हजार ७५५ अर्थात् ११.७४ प्रतिशत मत ल्याएको छ।

चौथो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले ८ लाख ५४ हजार ९४ अर्थात् ११.२७ प्रतिशत मत पाएको छ।

पाँचौँ स्थानमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले ४लाख ५६ हजार ८२६ अर्थात् ६.३१ प्रतिशत मत ल्याएको छ।

छैटौँ स्थानमा रहेको जनता समाजवादी पार्टीले २ लाख ४६ हजार ६२७ अर्थात् ३.२५ प्रतिशत मत पाएको छ।

नेकपा (एकीकृत समाजवादी) ले भने राष्ट्रिय पार्टी बन्न चाहिने तीन प्रतिशतको थ्रेस होल्ड अहिलेसम्म कटाउन सकेको छैन।

अहिलेसम्म उसले १ लाख ८९ हजार ८९६ अर्थात् २.५० प्रतिशत मत मात्र पाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस