सञ्चार मन्त्री कार्की र एमालेका कुसियैतको कडा प्रतिस्पर्धाकै बिचमा रोकियो मतगणना « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

सञ्चार मन्त्री कार्की र एमालेका कुसियैतको कडा प्रतिस्पर्धाकै बिचमा रोकियो मतगणना


१० मंसिर २०७९, शनिबार


सुनसरी । सुनसरीमा मतगणना रोकिएको छ । नेपाली काँग्रेसले धाँधलीको आशङ्का जनाएपछि सुनसरी ४ को प्रतिनिधिसभा तर्फको मतगणना रोकिएको हो ।

मतगणनाको विवरण रुजु गर्ने क्रममा कर्मचारीले मत विवरण थपघट गरेको पाइएको भन्दै काँग्रेसले आपत्ति जनाएको छ ।

सोही विषयलाई लिएर नेपाली काँग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्कीले घटना छानबिनको मागसहित सर्वदलीय बैठकको माग गरेका छन् । सो पश्चात् मुख्य निर्वाचन अधिकृतको कार्यालयले सर्वदलीय बैठक बोलाएको छ । सर्वदलीय बैठक डाकिएसँगै प्रतिनिधिसभा तर्फको मत गणना तत्कालका लागि रोकिएको छ ।

पछिल्लो मत परिणाम अनुसार काँग्रेस उम्मेदवार कार्की २३ हजार ४ सय ३९ मतका साथ झिनो अग्रतामा रहेका छन् । प्रतिस्पर्धी एमाले उम्मेदवार जगदीशप्रसाद कुसियैतले २३ हजार ३ सय ४१ मत ल्याएका छन् ।

कुसियैत ९८ मतले अगाडि रहेका छन् । सुनसरी ४ को प्रतिनिधिसभा तर्फ ८ वटा वडाको मत गन्न बाँकी छ ।

Tags :
प्रतिक्रिया दिनुहोस