गृहमन्त्री खाँणलाई हराएर रूपन्देही-३ मा विजयी भए बोहोरा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

गृहमन्त्री खाँणलाई हराएर रूपन्देही-३ मा विजयी भए बोहोरा


१० मंसिर २०७९, शनिबार


काठमाडौँ । मंसिर ४ मा भएको चुनावमा गृहमन्त्री बालकृष्ण खाँण पराजित भएका छन्।

रूपन्देही–३ मा सत्ता गठबन्धनबाट उम्मेदवार बनेका खाँणलाई राप्रपाका दीपक बोहोराले पराजित गरेका हुन्।

अन्तिम मत परिणाममा बोहोराले ३६ हजार ६४८ मत पाए भने गृहमन्त्री खाँणले ३४ हजार ६ मत पाए।

Tags :
प्रतिक्रिया दिनुहोस